झगनखबर
चैत २४ । संघिय माननिय एवं
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दुधकोशी जलाशययुक्त
जलविद्युतको काममा आइसब्रेक भयो भन्ने म्यासेज दिन सक्नुपर्ने बताउनु भएको छ ।
दुधकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना गरेको परामर्श तथा छलफल कार्यक्रमलाई सम्बोधन
गर्दै खतिवडाले यस्तो बताउनु भएको हो ।
जलविद्युत कम्पनी लिमिटेडले शनिबार खोटाङमा आयोजनाको बारेमा परामर्श तथा
छलफल कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले पटक-पटक छलफल गर्दै फर्किदै गर्ने भन्दा पनि आयोजनाको बारेमा आइसबे्रक भयो भन्ने
म्यासेज दिन सक्नुपर्ने धारणा ब्यक्त गर्नु भयो । अयोजनाको बारेमा यो भन्दा अगाडी
सरोकारवाला मन्त्रीहरु सँग पटक-पटक छलफल गरेको बताउदै अब पनि यहाँबाट गएपछि
प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्री सँग समय
लिएर मुआब्जाको बारेमा छलफल गर्ने बताउनु भयो । दक्षिण एसियाकै सबैभन्दा ठुलो
ड्याम भएको जलविद्युत आयोजना बन्न लागेकाले, सरोकारवाला
निकाय सबै मिलेर यसलाइ छिटो भन्दा छिटो निर्माण गर्न लाग्नु पर्ने पनि बताउनु भयो
। ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका प्रमुख जिल्ला
अधिकारीहरुले स्थानिय जनप्रतिनिधीहरु
सँगको समन्वयमा वास्तविक पिडितहरुको पहिचान गरी मुआब्जाको बारेमा छिटो टुङगो
लगाउनु पर्ने बताउनु भयो ।