चैत २८ ।
जिल्लाको मोलुङ गाउँपालिकामा ब्यक्तिको घरमा आगोलागि हुँदा ७ लाख बराबरको क्षति
भएको छ । मोलुङ गाउँपालिका ५, केउरीनी
निवासी तेज बहादुर मगरातीको घरमा आगोलागि भएको हो । मंगलबार राती करिब
११ः४५ बजे घरमा बिजुलीको तार सर्ट भएर आगोलागि भएको प्रहरीले जानकारी दिएको छ
। स्थानीयबासी र प्राप्चा प्रहरीको
सहयोगमा राती २ बजे तिर पूर्णरुपमा आगो नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
आगोलागिले नगद रु एकचालीस हजार, दुईतोला सुन, अन्नपात लत्ताकपडा जलेर नष्ट भएको जिल्ला
प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । ढुंगामाटोले बनेको ढुंगाकै छानो
भएको दुइतले घर जलेर नष्ट भएको हो ।
२६ चैत २०८१, बुधबार ०९:५१ मा प्रकाशित
517