झगनखबर
जेठ ४ । जिल्लाको
खिजीदेम्बागाँपालिका वडा नं २ स्थित ङुडुप छोलीङ गुम्बामा आगलागी भएको छ । बुधबार
राती करिब १०ः३० बजेको समयमा आगलागी भएको हो । आगलागी हुँदा गुम्बाको भवन सहित
बुद्ध मूर्ति लगायत सामग्रीहरु जलेर नष्ट भएको छ । भवन सहित सामग्रीहरु जलेर नष्ट
हुँदा ३२ लाखभन्दा बढीको क्षती भएको प्रहरीले जानकारी दिएको छ । गुम्बा भवन
बस्तीबाट टाढा भएकाले समयमै नियन्त्रणमा लिन नसकेको स्थानियले बताएका छन् ।
प्रत्येक महिनामा पूजाअर्चना गर्ने गरेको गुम्बामा बुधबार पूजाअर्चना गरिएको मुख्य
लामा पुजारी नाम्खा शेर्पाले जानकारी दिनुभयो ।
गुम्बा ब्यवस्थापन
समितिका अध्यक्ष पासाङ शेर्पाका अनुसार विद्युत सर्टभएर वा बलेको दियोलाई मुसाले
ढलाएर आगो सल्किएको हुन सक्ने आशंका रहेको बताउनु भयो । विद्युत सर्ट भएर आगलागी
भएको हुनसक्ने जिल्लाप्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देवेन्द्र दासले
बताउनु भयो ।
आगलागीबाट, धलौट र तामाबाट बनेका
९ थान देउता, धर्मग्रन्थ
(त्रिपिटक) ६६ पोका, लामागेलीङ, साङलिङ, कलश, ढाल तरवार, छेसुम, ठिः, कोम्बु, शंख, ढ्याङरो लगायतका सबै
सामग्रीहरु जलेर नष्ट भएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । बुधबार राती देखि
लागेको आगो बिहिबार विहान ३ बजे मात्रै नियन्त्रणमा आएको थियो ।
२०५२ सालमा नोर्बु
लामाको नेतृत्वमा गुम्बा निर्माण भएको थियो । नोर्बु लामाले आफ्नो ब्यक्तिगत लगानी
र चन्दा संकलन गरेर बौद्ध गुम्बाको स्थापना गरिएको स्थानियबासीले बताएका छन् ।
गुम्बानिर्माण सम्पन्न भएको १३/१४
वर्ष पछाडी उहाँको स्वर्गारोहन भएको थियो । उहाँको स्वार्गारोहन भएको २/३ वर्षपछि खिजीदेम्बा–५, का कानीमा लामा
शेर्पा र आमा दाटी शेर्पाको कोखबाट पुनर्जन्म भएको पुजारी शेर्पाले जानकारी
दिनुभयो । पुजारी नोर्बु लामाकी धर्मपत्नी ७० वर्षिय सर्किनी शेर्पा अझै हुनुहुन्छ
। नोर्बु लामाको पुनर्जन्म पाएका डवाङ तेन्जीन ठिम्ले अहिले १३/१४ वर्ष उमेर भएको
बताएका छन् । उहाँ अहिले दक्षिण भारतको
नामजोलिङ गुम्बामा अध्ययनरत भएको मुख्य पुजारी शेर्पाले बताउनु भयो ।