राजकुमार कार्की
साउन ६ ।
नेकपा एमालेका सांसदले राष्ट्रिय सभामा पेश गरेको कुलीङ अफ पिरियडको संशोधन
प्रस्ताव फिर्ता नलिए गठबन्धनमा दरार आउन सक्ने कांग्रेस नेताले चेतावनी दिएका छन्
। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइराला
र प्रवक्ता प्रकाशशरण महतले कुलीङ अफ पिरियडमा एमालेको व्यवहार प्रति सशंकित भएको
अभिब्यक्ति दिएका हुन ।
मंगलबार कुलीङ अफ
पिरियड बारे बोल्नेक्रममा राष्ट्रिय सभामा एमाले सांसदले पेश गरेको संशोधन
प्रस्ताव फिर्ता नलिए गठबन्धनमा नै संकट आउन सक्ने चेतावनी दिएका छन् । एमालेका पाँच
सांसदले कुलीङ अफ पिरियडमा संशोधन
प्रस्ताव राखेपछि साझेदार दल नेपाली कांग्रेस सशंकित भएको छ । ४३ औ बिपी स्मृति
दिवसमा बोल्दै महामन्त्री शर्माले प्रतिनिधी सभाबाट भएको कुलीङ अफ पिरियड
सम्बन्धिको गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउनुपर्ने बताउनु भयो । कुलीङ अफ पिरियड
हटाउन एमालेले गरेको प्रयासले दुर्घटना निम्तिन सक्ने भएकाले सचेत रहन एमालेलाई
शर्माले आग्रह गर्नुभयो । मंगलबार नै बीपी स्मृति दिवसमा आयोजित कार्यक्रममा
बोल्दै,
डा.शेखर कोइरालाले
कुलीङ अफ पिरियडमा एमालेले देखाएको ब्यवहार प्रति असन्तुष्ट रहेको बताउनु भयो ।
विधेयकका प्रावधान सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरुले कुलीङ पिरियड
हटाउन संशोधन प्रस्ताव हालेर कांग्रेसको मूल्यमान्यता माथी नै आक्रमण भएको बताउनु
भयो ।
पार्टी प्रवक्ता डा.
प्रकाशशरण महतले कुलीङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा
कांग्रेसले अब कम्परमाइज गर्न नसक्ने बताउनु भएको छ । एमालेका सांसदले कुलीङ
पिरियड हटाउनु पर्ने माग राख्दै पेश गरेको संशोधन प्रस्ताव प्रति महतले आपत्ति
जनाउनु भयो । महतले भन्नुभयो; ‘यो समितिबाट सर्वसम्मतरुपमा अगाढी बढेको हो । यसमा
कांग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलीङ पिरियड लागु हुनैपर्छ ।’