ओखलढुंगा २७, फागुन । जलदेवी
समाजसेवी युवा क्लब जन्तरखानीको आयोजनामा भएको १० किलोमिटर म्याराथन प्रतियोगिताको
उपाधी पुरुष तर्फ रविन बस्नेत र महिला तर्फ दिकु शेर्पाले हात पार्न सफल भएका छन्
। क्लबले २५ औ रजत जयन्तीको अवसरमा फागुन २७ गते
आयोजना गरेको म्याराथन प्रतियोगितामा पुरुष तर्फ बस्नेत र महिला तर्फ
शेर्पा प्रथम स्थान हाँसिल गर्दै उपाधी हात पार्न सफल भएका हुन् । १० कि.मी.को
दुरी बस्नेतले ४४.३० मिनेटमा पार गर्न सफल भएका थिए भने शेर्पाले १ घण्टा ४ सेकेन्डमा पार गरेकी थिइन् । त्यस्तै पुरुष
तर्फ जंगवीर राई ४५.४४ मिनेटमा उक्त दुरी पार गर्दै द्वितिय र ४६ मिनेटमा पार
गर्दै सुसन श्रेष्ठ तृतिय भएका थिए । सुरेश कुलुङ ५१ मिनेटको समयमा पार गर्दै
शान्त्वना पुरस्कार हात पार्न सफल भएका थिए । त्यसै गरि महिला तर्फ प्रविना राईले
निर्धारीत दुरी १ घण्टा ५ सेकेन्डमा पार गर्दै द्वितिय र रुमाली मगर १ घण्टा ७
सेकेन्डमा पार गर्दै तृतिय स्थान हाँसिल गर्न सफल भएकी थिइन् । र इन्दिरा मगर १
घण्टा ८ सेकेन्डमा पार गर्दै शान्त्वना पुरस्कार हात पार्न सफल भएकी थिइन ।
पुरुष तर्फका विजेताहरुलाई क्रमशः नगद रु १५
हजार, १० हजार, ७ हजार, ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । महिला तर्फ भने
प्रथम, द्वितिय, तृतिय र शान्त्वना हुनेलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १
हजार ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
धावक विजेताहरुलाई कोशी प्रदेशका सभामुख
बाबुराम गौतमले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै सभामुख गौतमले
ओखलढुंगा जिल्लालाई पर्यटकीय हबको रुपमा विकास गर्न आफु तल्लीन रहेको बताएका थिए ।
साथै उनले भने; अवको विकास भनेको पर्यटन विकास भएकाले आन्तरिक तथा बाह्रय
पर्यटक ल्याउने वातावरणको सिर्जना गर्नुपर्छ ।'
रजत जयन्तीको अवसरमा क्लबले विभिन्न खेलको
आयोजना गरेको छ । शनिबार १० कि.मी म्याराथन सफल्तापुर्वक सम्पन्न गरेको छ भने अन्य
खेलहरु र साँस्कृतिक कार्यक्रम भईरहेको आयोजकले जनाएको छ । ठाडे बजार देखि
जन्तरधाप हुदै वडा कार्यालय भवन सम्म (१० कि.मी) दुरी धावक रुट बनाइएको थियो । कार्यक्रमका
प्रमुख अतिथी कोशी प्रदेशका सभामुख बाबुराम गौतमले रिबन काटेर खेलको उदेघाटन गरेका
थिए ।
'ग्रामिण पर्यटनको विकास, राष्ट्र
निर्माण्को आधार, आन्तरिक पर्यटन, कृषी र पुर्वाधार, स्वस्थ युवा
विकासको साझेदार' भन्ने मुल नाराका साथ खेलकुदको आयोजना गरिएको थियो । फागुन २५ गते
देखि भईरहेको खेलकुद प्रतियोगिता २७ गते म्याराथन प्रतियोगिता सम्पन्न भएको थियो
भने खुल्ला भलिबल प्रतियोगिता २८ गते सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रममा
कोशी प्रदेश सभामुख बाबुराम गौतम, सिद्धिचरण नगर प्रमुख तेजेन्द्र खनाल, चिशंखुगढी
पालिका प्रमुख निशान्त शर्मा, सि.न.पा. १२ का वडाअध्यक्ष
उमंग श्रेष्ठ लगायत अन्य समाजसेवी खेलप्रेमीहरुको उलेख्य उपस्थिती रहेको थियो ।