पार्टीमा प्रतिस्पर्धा गर्ने समूह मिल्न नसकेर गुट जन्मियो : सिता गुरुङ


 भदौ २२ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व मन्त्री सिता गुरुङले पार्टीको चुनाउमा प्रतिस्पर्धा गर्ने समुह मिल्न नसकेर गुट जन्मेको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको अन्तरकृयात्मक कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

नेपाली कांग्रेसको सिद्धान्तअनुसार नेतृत्व चयन गर्दा दुई वा दुई भन्दा बढी समुह विच प्रतिस्पर्धा गरेर आउनु पर्ने हो । पार्टीको आन्तरिक चुनाउमा प्रतिस्पर्धा गर्ने समुहहरु कहिल्यै एक हुन सकेनन् । जसले गर्दा पार्टीमा गुट र उपगुट जन्मेको बताउनु भयो । पार्टीको आन्तरिक चुनाउमा भाग लिएका समुहहरुले एकापसमा मिलेर काम गर्नु पर्ने हो तर पार्टीका सिद्धान्त बुझेर पनि चुनाउ ताकाका समुहहरु मिल्नै सकेनन् । यि समुहहरु मिल्न नसक्नु पार्टी हित विपरित र पार्टीको सिद्धान्त विपरीत भएको बताउनु भयो । पहिला अरु दलहरुमा चुनाउको अभ्यास थिएन, तर अहिले केहि दलहरुमा चुनाउको अभ्यास शुरु भएको छ । आन्तरिक पार्टीमा चुनाउ मार्फत प्रतिस्पर्धा गर्दा चुनाउ सम्बन्धी ज्ञान प्राप्त हुन्छ । जसले गर्दा अरु चुनाउमा प्रतिस्पर्धा गर्न सजिलो हुनुका साथै सबैले चुनेको सक्षम नेतृत्व चयन गर्ने अवसर भएको बताउनु भयो ।

उहाँले अमेरीकामा पनि पार्टीको उम्मेदवार छनौट गर्न प्रतिस्पर्धा हुने गरेको संझदै, त्यहाँ प्रतिस्पर्धाबाट जो उम्मेदवार छनौट हुन्छ, उसैलाई खुलेर सहयोग गर्ने गर्छन् ।  त्यहाँ पार्टीको निर्णय विपरित कसैले काम नगर्ने र पार्टीको अधिकारीक उम्मेदवारलाई सबैले सहयोग गर्दछन् । तर यहाँ त वडामा भएको प्रतिसपर्धाको तिक्तता बोकेर हिडेको हिडेई गर्छाै । यसले समग्र चुनाउमा असर गर्ने हुनाले यो पार्टीको हित विपरित हो, ‘उहाले भन्नुभयो ।

 क्षमता बढाएर, अरु सँग प्रतिस्पर्धामा जुध्ने कुरा भन्दा पनि अधिबेशनमा आफ्नै साथीसँग लडेको सपनामा पनि देख्ने, बिपनामा पनि देख्ने, मान्छे भेट्दा पनि देख्नेछिमेकी भेट्दा पनि त्यहि प्रतिस्पर्धी साथी देख्ने प्रवृती  छ । यो प्रवृतीलाई सुधार गर्न सक्यौँ भने नेपाली कांग्रेस जस्तो शैदान्तीक रुपमा स्पष्ट, पुरानो र हरेक राजनीतिक परिवर्तनमा नेतृत्व गर्न सफल भएको पार्टीले डराउनु पर्ने अवस्था नभएको बताउदै यो प्रतिस्पर्धा हो, यो पार्टीको नीति हो भनेर सम्झदै यसलाई सधै लिएर जानुहुदैन, हामीभित्र एकता जरुरी छ भनेर अगाढी बढ्न समेत अनुरोध गर्नु भयो ।

पार्टीले निर्णय गर्नुअगाडी बिरोध गर्न पनि पाइन्छ, सुझाव दिन पनि पाइन्छ । तर निर्णय गरेपछि त्यसको कार्यान्वयन तर्फ लाग्नुपर्छ । तर अहिले पार्टीले गरेको निर्णय मान्न छोडीसकेका छन् । वर्षमा ३ सय ६५ दिन हुन्छ, ३ सय ६४ दिन पार्टीलाई सुदृढ बनाउछु भनेर लाग्छन् टिक्छन्तर एक दिन ३ सय ६५औँ दिन नटिक्ने परम्परा देशभरी छ । यसले देश र पार्टीलाई असर पु¥याएको बताउनु भयो ।

प्रतिक्रिया