राप्रपाले ६ बुँदे माग सहित ज्ञापनपत्र बुझायो


राजकुमार कार्की

 बैशाख ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला कार्यसमिति ओखलढुंगाले ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको हो । नारा जुलुस सहित आएको जिल्लास्थित नेता तथा कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष पदमकुमारी गुरुङले जानकारी दिनुभयो ।

ज्ञापन पत्रमा चैत १५ गते तीनकुने घट्नामा राज्यपक्षबाट गरिएको क्रियाकलाप प्रति दुख ब्यक्त गरेको छ । तीनकुनेका शान्तिपूर्ण आन्दोलन गर्न जम्मा भएका सर्वसाधरण नागरिक प्रति म्याद सकिएको अश्रुग्याँस प्रहार गरिएको, सबिन महर्जनलाई ताकेर गोली हानी हत्या गरेको, ब्यक्तिको घरमा आगोलागी हुँदा उक्त घरमा मानिस रहेको जानकारी हुँदाहुँदै पनि उद्धार नगरि पत्रकार सुरेश रजक जल्न बाध्य बनाइएको लगायतका आरोप ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यसै गरी सभा र प्रदर्शनमा सहभागी भएकै कारण राप्रपाका नेता रविन्द्र मिश्र, धवल सम्शेर राणा लगायतलाई राज्य विरुद्धको अपराध जस्तो गम्भीर मुद्धा किन लगाईयो नेपाल सरकारलाई प्रश्न गरिएको छ ।

 यो सँगै बुँदागत रुपमा ६ बुँदामा आफ्नो माग ज्ञापन पत्रमा समाबेश गरेको छ । 


प्रतिक्रिया