बैशाख २२ । संखुवासभामा भएको सिम्रिक एयरको
हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हेलीकप्टर दुर्घटनामा गम्भीर घाइते
भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको
हो । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका
रुपमा काम गर्दै आएका थिए ।
माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने
स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४
सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट
छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर
काठमाडौं ल्याइएको हो ।
दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ । विक्रम शंकरलाई सुरुमा उपचारका लागि जिल्ला अस्पताल संखुवासभामा लगे पनि त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाटै काठमाडौं ल्याइएको हो ।
फोटो : सामाजिक सन्जाल