मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता धार्मिक यात्राको योग छ
। आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल
ठानिएको कामसमेत सम्पादन हुन सक्छ । रोकिएका कामको पुन: थालनी हुनेछ । मध्य सातामा
मनमा छटपटी बढ्नाले दुबिधा रहला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा पहेँलो
हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा
अधिक लाभ प्राप्त हुनेछ ।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो साता नयाँ योजना
कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ ।
स्वास्थ्य प्रति सजग रहनु पर्छ । मध्य सातामा वैदेशिक क्षेत्रको कामहरू अघि बढ्नेछ
। व्यवसायका लागि नयाँ व्यक्तिसँग सहकार्यको सम्भावना छ । यो साताका लागि शुभ अङ्क
२,५ र शुभ
रङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरि कार्य
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
यो साता समाजसेवामा मन लाग्नेछ । सफल
यात्रा हुनेछन् । कलकारखाना र बन्दव्यापार पुन: सुचारु हुनेछन् । शेयर बजारले साथ
दिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । गरेको कार्यमा सफलता पनि मिल्नेछ ।
साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ
अङ्क ३,८ र शुभ रङ्ग
ध्वाँसे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य आरम्भ
गर्नाले अधिक सफलता मिल्नेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
यो साता एउटै
कामबाट दोहोरो लाभ मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । राज्यबाट सहयोग
मिल्ने देखिन्छ । शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ । साताको उत्तरार्धबाट
पढाई लेखाइमा बाधा आउनसक्छ । व्यापार व्यवसायमा नोक्सानी पनि होला । यो साताका
लागि शुभ अङ्क २,९ र शुभ रङ्ग कलेजी वा सेतो हो । शुभकर्म
गर्नु पूर्व भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता नजिकको व्यक्तिबाट कार्य पुरा
हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनसक्छ ।
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने
प्रस्ताव राख्न पनि सक्छन् । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग गुलाबी
वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन
गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
यो सातामा मानसिक चिन्ता र चञ्चलता बढेको
महसुस हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । शत्रुपक्ष पनि हावी हुन सक्नेछन् ।
साताको मध्यबाट भने एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । लगानी गरेको ठाउँबाट
राम्रै प्रतिफल पाइएला । शेयरबजारले पनि साथ दिने देखिन्छ । यो साताका लागि शुभ
अङ्क ४,९ र शुभ रङ्ग कालो
वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य गर्दा अधिक सफलता
मिल्नेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो हप्ता बिनाप्रतिस्पर्धा फाइदा हुने योग
छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । राजनैतिक र सामाजिक कार्यमा मन जाला ।
प्राविधिक कार्यमा प्रगति हुनेछ । राजनैतिक क्षेत्र र समाजमा कीर्ति वृद्धिका योग
पनि देखिन्छन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । यो साताका लागि शुभ अङ्क
१,६ र शुभ रङ्ग हरियो
वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा
अधिक लाभ मिल्नेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो साता धर्मकर्म तथा समाजसेवामा मनलाग्ने
छ । सफल यात्राको योग छ र शत्रु पराजित हुनेछन् । पारिवारिक साथ सहयोगले उल्लेख्य
कार्य सम्पादन हुने देखिन्छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव
मिल्नेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु
पर्ला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । कुनै
शुभकर्म गर्नु पूर्व नवग्रहको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
यो साता कार्यमा सफलता पाइनेछ ।
कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । पार्टी तथा
सेमिनारमा सहभागी भइएला । नयाँ काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भाग्य
शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । यो साताका लागि
शुभ अङ्क ३,७ र शुभ
रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यो साता स्वास्थ्यप्रति सजग
रहनु होला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ
। कुनै कुराले चित्त पनि दुख्न सक्छ । मध्य साताबाट प्रेमीले नयाँ स्थानको भ्रमण
गर्ने प्रस्ताव राख्न पनि सक्छन् । शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ । यो
साताका लागि शुभ अङ्क ३,९ र शुभ
रङ्ग पर्पल वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य
आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन्
। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मन मिल्ने साथीको
सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला, तर पुँजी बजारको
लगानीमा ह्रास आउन सक्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो
वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको ध्यान गरि कार्य आरम्भ
गर्दा अधिक लाभ हुनेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
यो साता अधुरा कार्य पूरा गर्न सहयोग
मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ
। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन
गर्ने अवसर जुट्ला । साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका
लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व
शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल