लिखु गाउँपालिकाले उत्कृष्ट नगद पुरस्कार सहित अध्यक्ष कप भलिबल खेलको आयोजना


झगनखबर

फागुन १७ । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाले  उत्कृष्ट नगद पुरस्कार सहित अध्यक्ष कप भलिबल खेलको आयोजना गर्ने भएको छ । 'सामाजिक सदभावना तथा एकताका लागि खेलकुद' भन्ने मूलनाराका साथ भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । लिखु गाउँपालिकाले पहिलो पटक खुल्ला अत्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । आगामी फागुन ३० गतेबाट खेलको शुरु गरी चैत महिनाको ३ गते समापन गर्ने आयोजकले जानकारी दिएको छ ।

भलिबल प्रतियोगिताको पुरस्कारहरु :

प्रथम पुरस्कार पुरुष/ महिला : रु १ लाख ५० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाण पत्र

द्धितिय पुरस्कार पुरुष/ महिला : रु १ लाख नगद सहित  शिल्ड, मेडल तथा प्रमाण पत्र

तृतिय पुरस्कार पुरुष/महिला : रु ७० हजार नगद सहित  शिल्ड, मेडल तथा प्रमाण पत्र र सान्त्वना पुरस्कार रु ४० हजार नगद सहित  शिल्ड, मेडल तथा प्रमाण पत्र

विधागत तर्फ : उत्कृष्ट पुरुष तथा महिला :  रु २४ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेलमा खेलाडीहरुलाई सहभागी गराउन सम्पुर्ण स्थानिय तहहरुलाई पालिका प्रमुख अशोक कार्कीले आग्रह गर्नुभएको छ ।

टिम दर्ता शुलक रु १० हजार लाग्ने बताएका छन् । खेलमा सहभागी हुन इच्छुक खेलाडीहरुले फागुन २९ गते बेलुका ५ बजे सम्ममा टिम दर्ता गराईसक्नु पर्ने पालिका प्रवक्ता मोहन कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिकाले खेलसम्बन्धी जारी गरेको सुचना  

 

प्रतिक्रिया