मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता इच्छा र आकाङ्क्षा
पूर्ण हुन सक्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने र शुभ कार्यको योजना बन्नेछ ।
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
नजिकको मित्रसँग भेटघाट हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित
खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा रातो
हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य गर्दा सफलता
मिल्नेछ ।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो साताको सुरुका दिनमा रहनेछ ।
अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला । केही
अप्ठ्यारा परिस्थितिको सामना पनि गर्नुपर्ला । मङ्गलवारबाट शुभकार्यको चर्चा
चल्नेछ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ, तर खानपानमा विचार पुर्याउनु
होला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी
हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरे राम्रो हुनेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
यो सप्ताहमा स्वास्थ्यमा सुधार आउनेछ ।
राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको अवसर मिल्नेछ । व्यवसायको
सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सामाजिक
क्षेत्रमा सफलता मिल्नेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ । रमणीय र सुखद्
यात्राको योग छ । यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो वा घिउ रङ्ग हो । कुनै
शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
यो साता चलाखीपूर्ण बोलीले
गरेको कार्य सिद्ध हुनेछ । शुभ कार्यको योजना बन्नेछ । बन्धु बान्धवबाट सहयोग
मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सेयरको कारोबारमा फाइदा पनि बढ्न
सक्छ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । खानपान र स्वास्थ्यप्रति
सजग रहनु होला । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो हो । कुनै
शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुने र गरेको कामबाट
अधिक सफलता मिल्नेछ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता धर्मकर्म तथा
समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कार्यमा रुचि
जाग्नुका साथै यात्राको योग देखिन्छ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन
प्रसन्न रहनेछ र पछि फाइदा हुनेछ । साताको मध्यमा मानसिक चिन्ता बढ्नेछ । चोटपटकको
भय पनि छ सचेत रहनुहोला । यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग सेतो हो । कुनै
शुभकर्म गर्नु पूर्व महादेवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ
।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खाल कै समय
रहेको छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । रोकिएको काम दोहोर्याएर प्रयत्न
गर्दा सफलता मिल्नेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै स्वास्थ्यप्रति
सजगता अपनाउनु होला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात
धुनुहोला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो
। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता आँटेको र ताकेको कार्य
पुरा होला । धार्मिक, सामाजिक
र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न
सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पारिवारिक जमघट र विशिष्ट व्यक्तिको
सहयोग पाइनेछ । शेयर बजारमा गरेको लगानीले पनि राम्रो प्रतिफल दिनेछ । यो साताका
लागि शुभ अङ्क १,६ र शुभ
रङ्ग खैरो वा गुलाबी रङ्ग हो । शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गरि कार्य
आरम्भ गर्दा राम्रो हुनेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो साता नयाँ क्षेत्रमा लगानीको
अवसर मिल्नेछ । स्वास्थ्य र शिक्षा राम्रो हुने योग बनेको छ । सामाजिक कार्यमा
रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धार्मिक कृत्यमा सहभागी
बन्नु पर्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
प्यारो साथी तथा आफन्तसँग समय बित्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी वा रातो हो
। कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ
।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
साउन महिनामा
धनु राशिलाई त्यति राम्रो फल मिल्नेछैन । सरकारी यो सप्ताह समाज सेवा गरे लोकमा
प्रसिद्ध भइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक तथा धार्मिक
कार्यमा रुचि बढ्नेछ । प्रेममा मधुरता छाउला । आँटेको र ताकेको कार्य पुरा होला ।
साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।
स्वास्थ्य प्रति सजग रहनु होला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे हो ।
शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यो साता आँटेको काममा
ढिलासुस्ती हुनसक्छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला, तर आत्मबल बढाएर काम गरेमा असफल
भइँदैन । स्वास्थ्यमा समस्या हुनसक्छ, त्यसैले सङ्क्रमणबाट आफू पनि
बच्ने र अरूलाई पनि बचाउन सहयोग गर्नु होला । बुधवारबाट साथी भाइको भेटघाटले मन
प्रसन्न रहला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा पर्पल हो
। कुनै शुभकर्म गर्नु पूर्व दीनदुखी या असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ
।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
यो सातामा सोचेको आँटेको काममा
फाइदा मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नसोचेको ठाउँबाट धनागम
हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्त र
साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति चैं सावधानी
अपनाउनुपर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो
हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले अधिक सफलता
मिल्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
यो साता आफ्नो अधिकार प्राप्तिका लागि
गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका
कामहरू पुनः सुरु हुन सक्छन् । मान प्रतिष्ठामा वृद्धि होला । विज्ञान र प्राविधिक
कार्य अघि बढ्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका नयाँ स्रोत
बढ्नेछन् । यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा हरियो हो । शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ
प्राप्त हुनेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल