बैशाख १२ । नेपाल
कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी बोजबहादुर खत्री ‘सि’ को नेतृत्वमा समाजबादी मोर्चा गठन भएको छ । जिल्लास्थित नेकपा माओवादी
केन्द्र,
नेकपा एकीकृत
समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त समाजवादी मोर्चा गठन भएको हो
। कम्युनिष्ट पार्टीहरुको केन्द्रमा बनाईएको समाजवादी मोर्चाअनुसार जिल्लामा पनि
गठन गरिएको जानकारी दिएका छन् ।
यो संयन्त्रले
जिल्लामा सुशासन र पारदर्शीताको पक्षमा काम गर्न दवाव दिने, जिल्लास्थित
आयोजनाहरु, सरकारी कार्यालय र स्थानीय तहहरुमा देखिएको अपारदर्शीता र आर्थीक
अनियमित्ताको सवालमा नागरिक दवाव सिर्जना गर्ने लगायतका कार्यहरु गर्ने जानकारी
दिएका छन् । बैशाख १२ गते नेकपा माओबादीको पार्टी कार्यालय ओखलढुंगामा पत्रकार
भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी
दिएका छन् ।
लोकतन्त्र स्थापनाको
१८ वर्ष वितिसक्दा पनि संविधान अनुकुल नियम कानुनहरु निर्माण गर्न नसक्नु जस्ता
कारणले शिक्षक, निजामति कर्मचारीहरु आन्दोलनका लागि सडकमा आउनु पर्ने अवस्था सिर्जना भएको
आरोप लगाइएको छ । आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुको समयानुकुल मागहरु तत्काल
सम्बोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण जनाउदै, आन्दोलन प्रति
समाजवादी मोर्चा जिल्ला संयन्त्र ओखलढुंगा ऐक्यबद्धता जनाउदछ, भनिएको छ ।