तीन यात्रुले हामफोलेर ज्यान जोगाए : 'भन्छन् भाग्यले बाँच्यौ'

असार २८ । गएराती चितवनको सिमलतालमा पहिरोले बेपत्ता बनाएको दुइवटा बसबाट तीनजना यात्रु हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।

काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपती डिलक्स बस बाट हामफोलेर ज्यान जोगाउन सफल भएका हुन । 

रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जनाले हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

 उहाँहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ । सामाजिकसञ्जालमा सार्वजनिक भिडियोमा ती यात्रुले आफूहरु भाग्यले बाँचेको बताउनु भएको छ ।

ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताउनुभयो। अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाउनुभएको छ ।ती यात्रुका अनुसार उहाँसँगै क्याबिनमा चार जना पनि हनुहुन्थ्यो ।

चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। ती दुइवटा बसमा चालकसहित ६५ जना यात्रु रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । प्रहरीका  अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

फोटो: सामाजिक सन्जाल 


यो पनि पढ्नुहोस 

https://www.jhagankhabar.com/news/seOUY9-2024-07-12-082524

प्रतिक्रिया