सिमलताल दुर्घटनामा हराएका बस र यात्रु अझै भेटिएनन् : खोज्न भारतीय टोली परिचालन


 साउन ५ । पहिरोले बगाएर त्रिशूली नदिमा बेपत्ता भएका बस र यात्रु अझैसम्म भेटिएका छैनन् । बस र यात्रु खोजीका लागि भारतीय उद्धार टोली परिचालन गरिएको छ । नेपाली टोलीले शुक्रबारसम्म खोजी गर्दा पनि नभेटिएपछि भारतीय टोली खोजीमा खटिएको हो ।

यसअघि सरकारले बस र यात्रुको खोजीका लागि भारतसँग सहयोग मागेको थियो । भारतबाट खटिएको १२ सदस्यीय उद्धार टोली शुक्रबार राति हिँडेको र शनिबार  बिहान घटनास्थल आइपुगेको चितवन प्रहरीले जनाएको छ ।

सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ । दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता भएका छन् । घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव भेटिएका छन् ।

प्रतिक्रिया