झगनखबर
मंसिर १६ । जिल्लाको मोलुङ गाउँपालिका
वडा नं १ स्थित झगरपुरमा घरमा अगलागी हुँदा घर साँढे तीन लाख भन्दा बढीको क्षती
भएको छ । शनिबार विहान भोलाकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । ढुंगामाटोले बनेको जस्ताको छानो भएको घरमा विद्युत सर्ट भएर
आगलागी भएको बताएका छन् । आगलागीले घरभित्र भएका लत्ताकपडा, अन्नपात, नगद रु दश हजार सहित जलेर नष्ट भएको थियो । आगलागी विहान करिब ४ बजेको समयमा लागेको जिल्ला
प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आगलागी भएको टेलीफोन मार्फत जानकारी
पाउनसाथ रामपुरबाट गएको प्रहरी टोली र स्थानिय बासीको सहयोगमा आगो नियन्त्रणमा
लिएको थियो ।
१६ मङ्सिर २०८०, शनिवार ०९:४१ मा प्रकाशित
326