फोर्स गाडी दूर्घटना हुदाँ ७ जना घाइते, ३ जनाको अवस्था गम्भिर


ओखलढुंगा माघ १८ । ओखलढुंगा बाट धरान तर्फ गईरहेको फोर्सगाडी दुर्घटना हुदा चालक सहित ७ जना घाइते भएका छन् । प्र.१ ०१ ००७ ज ००१५ नम्बरको फोर्स गाडी सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभन्ज्याङ गाउँपालिका ७ हिलेपानीमा दूर्घटना भएको हो । गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो । गाडीमा सवार १४ जना मध्ये ७ जना घाइते भएका छन् । ७ जना घाइते मध्य  ३ जनाको अवस्था गम्भिर रहेको छ । अन्य सामान्य घाइते भएका छन् । घाइतेहरुको आस्था हस्पिटल घुर्मी उदयपुरमा उपचार भईरहेको प्रहरी निरीक्षक देव दासले बताए । गम्भिर घाइते भएका ३ जनालाइ थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको प्रहरी निरीक्षक दासले बताए । गम्भिर घाइते हुनेहरु गौरादह नगरपालिका ४ झापाका ४४ वर्षिय रेवती प्रसाद धमला, चिशंखुगढी गाउँपालिका १ ओखलढुंगाकी ४५ वर्षिय मैनाकुमारी खड्का र चिशंखुगढी ३ ओखलढुंगाका २४ वर्षिय चालक खगेन्द्र कुमार घिमिरे रहेका छन् । अन्य घाइते हुनेहरुमा सिद्धिचरण नगरपालिका ४, ओखलढुंगाका युवराज कटवाल, वर्ष ६० को जित बहादुर कटवाल, चिशंखुगढी गाउँपालिका ६ ओखलढुंगाका ६२ वर्षकी इन्द्रकुमारी खड्का, र चिशंखुगढी ४ कै ६२ वर्षिय गोबिन्द बहादुर खड्का रहेका छन् ।  घट्नाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया