ओखलढुंगा माघ, १९ । प्रदेश नं. १ का
सभामुख माननिय बाबुराम गौतमले जिल्लाको समग्र विकास गर्न पालिकास्तरिय
मास्टरप्लानको अवधारणाको विकास गरिने बताएका छन् । सभामुख निर्वाचित भएपछि पहिलो
पटक जिल्ला आउनुभएका गौतमले युगकवि सिद्धिचरण श्रेष्ठको सालिकमा माल्यार्पण गर्दै
विकासका लागी पालिकास्तरिय मास्टरप्लानको अवधारणा नल्याए सम्म दिगोविकास गर्न
नसकिने बताएका हुन् । टुक्रे योजनाहरुमा
बजेट खर्च गर्दा पैसा सकिने तर योजना सम्पन्न नहुने भएकाले आवश्यक्ताहरुलाई एउटै
डालोमा राखेर काम गर्न सकेमा मात्र विकास योजना सम्पन्न गर्न सकिने बताउनु भयो ।
पालिका अनुसारको मास्टरप्लान बनेपछि मात्र त्यहाँको आवश्यक्ताको बारेमा जानकारी
हुने र कुन क्षेत्रमा बजेट खर्च गर्दा उपयुक्त प्रतिफल पाउन सकिन्छ, त्यसको बारेमा अध्ययन
गरी विकास बजेट खर्च गर्न सजिलो हुन्छ । “कुन ठाउलाई पर्यटनको
विकास गर्न सकिन्छ, कुन ठाउँमा कृषीको विकास गर्न सकिन्छ, कुन ठाउमा फलफुल खेतिको विकास गर्न सकिन्छ, त्यसका लागी पुर्ण
मास्टरप्लान बनाएर मात्रै अगाडी बढ्न सकिने बताउनु भयो । साथै उहाँले भन्नुभयोÙ “अवधारण लागु गर्नको लागि मैले प्रदेशमा गएर केहि
कामहरु प्रारम्भ गरेको छु, त्यो अवधारणा ठोस रुपमा आउनको लागी आगामी बजेट कुर्नुपर्छ, त्यो आएपछि विकासले
एउटा मुर्तरुप लिनेछ ।”