वनमा लागेको आगो अनियन्त्रित हुँदा दुई घर जलेर नष्ट


ओखलढुंगा ७, बैशाख । जिल्लाको लिखु गाउँपालिका वडा नं १ स्थित चिउरी डाँडा पँहेले सामुदायिक वनमा लागेको आगो अनियन्त्रित हुँदा दुइ घर जलेर नष्ट भएका छन् । बिहिबार अपरान्ह ४ बजेको समयमा लागेको आगोले जंगल नजिकै रहेको  स्थानिय बेद बहादुर खड्का र प्रेम कुमारी बि.क.को घर जलेर नष्ट भएको हो । उक्त जंगलमा लागेको आगो स्थानियबासी र प्रहरीले नियन्त्रण गर्ने प्रयास भईरहेको बेलामा हावाले उडाएर घरमा सल्किएको थियो । दुवै जनाको फुसको छानो भएको १÷१ तले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो लागीबाट मानबिय क्षति नभए पनि प्रेमकुमारी बि.क.को गाईको बाछी जलेर सख्त घाइते भएको बताएका छन् । उक्त सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने प्रयास भईरहेको बताएका छन् ।

प्रतिक्रिया