साउन ३० ।
ओखलढुंगा जिल्लाको मोलुङ्ग गाउँपालिका–२ स्थित पैह्रेखोलामा अबरुद्ध भएको सडक
सुरक्षाकर्मीहरुद्वारा पैदल यात्रा गर्न सक्ने सम्मको बनाईएको छ । मंगलबार बेलुका
देखि अबरुद्ध भएको पैह्रे खोलामा मान्छे आवतजावत गर्न सक्ने सम्मको बाटो बनाइएको
हो ।
बुधबार करिब ३ः३०
बजेको समयमा भएको वर्षाको कारण ढुंगा, मुढा, माटो सहितको लेदो आई सडक बगाएर लगेको थियो ।
जिल्लाका पश्चिम तर्फका ५ वटा स्थानिय तहका नागरिकहरुले प्रयोग गर्ने यो सडक
अबरुद्ध भएपछि नागरिकहरु मारमा छन् । मान्छे सम्म हिड्न नसक्ने गरी पहिरोले बगाएपछि
अस्पताल आउने विरामी देखि विद्यालय आउनेजाने विद्यार्थीहरु समेत अड्किएका छन् ।
बुधबार जिल्लास्थित सुरक्षा कार्यालयका सुरक्षाकर्मीहरु, स्थानियबासी र
सिद्धिचरण नगरपालिकाको जेसिबीले मानिस आवतजावत गर्न सक्ने सम्मको बाटो बनाईएको
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्ण खड्काले जानकारी
दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगा, सशस्त्र प्रहरीबल आश्रीत गुल्म ओखलढुंगा र दुर्गाबक्स गण ओखलढुगाबाट खटिएको सुरक्षाकर्मीको टिम र स्थानियबासीको सहयोगमा पैदलयात्रा गर्न सक्ने बाटो निर्माण गरिएको हो । बुधबार दिउँसो २ बजेबाट पैदल आवतजावत गर्न सक्ने बाटो बनाई सुचारु भएको छ ।