साउन २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार
ग्रहण गरेलगत्तै स्वास्थ्य क्षेत्र
सुधारका प्राथमिकता सार्वजनिक तथा प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । आईतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले
यथास्थिती नभै परिवर्तन गर्ने चाहनाले मिहिन ढंगले छलफल गरेर कार्यक्रम सार्वजनिक
गरेको बताउनु भयो । सार्वजनिक गरेका
प्राथमिक्ताहरुको श्रोत सुनिश्चितता समेत
गरेर कार्यान्वयन गर्ने उद्देश्य राखिएको बताउनु भयो ।
निरोगी नेपालः आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रम
मन्त्री पौडेलले घोषणा गरेको कार्यक्रममा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोगको स्क्रिनिंङ तथा उपचारका लागि मापदण्ड बनाएर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मन्त्री पौडेलले घोषणा गरेको निरोगी नेपालः आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रमले ४० वर्ष माथिका सबै नागरिकको नसर्ने रोगको स्क्रिनिंग गर्ने विषय समेटेको छ । देशमा बढिरहेको मृगौला रोगको क्षति रोक्न बेलैमा उपचार थाल्न मृगौला स्क्रिनिंग अभियान थाल्ने पनि मन्त्री पौडेलले घोषणा गर्नुभयो ।
सातवटै प्रदेशमा मुटु उपचार, गंगालाल ५ सय शैय्यामा विस्तार :
सार्वजनिक गरिएको
प्राथक्तिामा मन्त्री पौडेलले राजधानी
काठमाडौंमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशिघ्र स्थापनाका लागि पहल
गर्ने घोषणा गरिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई ५ सय शैय्यामा
विस्तार गर्ने, हरेक प्रदेशमा मुटु रोग उपचारको सेवा विस्तार गर्ने योजना रहेका
छन् । शुल्क तिर्न नसक्ने गरिब तथा असहायलाई शहीद गंगालालमा प्राथमिक
एन्जियोप्लाष्टि र मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट
सेन्टरमार्फत निःशुल्क सेवा दिने र सातवटै प्रदेशमा अंग प्रत्यारोपणको सेवा समेत
विस्तार गरिने उल्लेख छ ।
एकीकृत स्वास्थ्य प्रणाली :
संघीय अस्पतालहरुमा बेडभन्दा पनि सेवाका आधारमा वर्गीकरण गरी
एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गर्ने योजना पत्रकार सम्मेलनमा
मन्त्री पौडेलले सुनाउनु भयो ।
समायोजनमा अटाउन नसकेका १ हजार बढी स्वास्थ्य जनशक्तिलाई को
समायोजन नभएकोलाई जिम्मेवारी सहित व्यवस्थापन गर्ने मन्त्री पौडेलले घोषणा गर्नु
भयो । सबैखाले नसर्ने रोगको परीक्षणलाई
व्यापक बनाउने बताउनु भयो ।
चिकित्सकलाई कायदक्षताको आधारमा भत्ता, संघीय अस्पतालमा सेवा थप्ने, परम्परागत पद्दती तोड्न आफूले समय लगाएर योजना ल्याएको बताउनु
भयो । संघीय अस्पतालको सेवा सुधारका लागि
कार्यदक्षताका आधारमा चिकित्सक लाई भत्ता दिइने, संघीय अस्पतालमा दुवै सिफ्टमा थालिएको सेवालाई अझ वृद्धि गर्न
इन्सेन्टिभ को व्यवस्था गरिने बताउनु भयो ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा सेवा सुधार गर्नका लागि आवश्यक
रणनीतिले ल्याइने बताउनुभयो । उहाँले भन्नुयो, “स्वास्थ्य बीमाको हालको दायरा कम्तीमा पाँच लाख बनाउने गरी
फराकिलो बनाउने, सेवालाई गुणस्तरीय र
सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आबद्धतालाई
द्रुत गतिमा बढाउन र स्वास्थ्य बीमाको नीतिगत र कानूनी व्यवस्थामा आवश्यक
पुनरावलोकन गरिने बताउनुभयो ।”