वनमा लागेको आगो अनियन्त्रीत हुँदा सिस्नेरीमा एक घर जल्यो


झगनखबर

चैत २४ । ओखलढुंगा जिल्लाको सुनकोकोशी गाउँपालिका वडा नं ३ को सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत हुँदा एक जलेको छ । वनमा लागेको आगो फैलिदै अनियन्त्रीत हुँदा ७८ वर्षिय नरनाथ तिमल्सीनाको ढुंगामाटोले बनेको एक तले घर जलेको हो । शनिबार कबि १२ बजेको समयमा डाँडा गाउँस्थित सल्लेरी सामुदायिक वनमा लागेको आगो यो समचार तयार पार्दा सम्म नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा आउन नसके पनि तत्काल गाउँवस्तीमा पस्ने संभावना नरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । प्रहरी कार्यालय हर्कपुर र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिने प्रयास भईरहेको  जनाएका छन् । तिमल्सीनाका घर जल्दा १ लाख बराबरको क्षती भएको जनाएका छन् । उक्त घरमा मान्छेको बसोबास नगरेका कारण कम क्षती भएको स्थानियले बताएका छन् ।

प्रतिक्रिया