युक्रेनले रुसी पानीजहाँजलाई समुन्द्रमा डुबाईदिएको दाबी


झगनखबर

फागुन ३ । युक्रेनी सेनाले सीजर कुनिकोफु नामक ठूलो रुसी पानीजहाजलाई रुसको क्राइमियानजिकै समुद्रमा डुबाइदिएको बताएको छ। बुधवार सबेरै शक्तिशाली विस्फोटन भएको स्थानियले जनाएका छन्। त्यसबाट यल्टा सहरको दक्षिणतिर उक्त मालवाहक पानीजहाजमा आक्रमण भएको छ ।

युक्रेनी गुप्तचर निकायले एउटा भिडिओ सार्वजनिक गर्दै म्यागुरा भी५ समुद्री ड्रोनहरूले उक्त रुसी पानीजहाजमा हवाई आक्रमण गरेको जनाएको छ।

क्राइमियामा युक्रेनले बारम्बार रुसी सेनाको ब्ल्याक सी फ्लीटुका पानीजहाजमाथि आक्रमण गर्दै आएको छ।

गत वर्ष सार्वजनिक भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा धेरैजसो पानीजहाज क्राइमिया प्रायःद्वीपबाट ब्ल्याक सीस्थित रुसी बन्दरगाह नोभोरोसिस्कतिर गएको देखिन्छ।

ब्रशल्समा नेटोको मन्त्रीस्तरीय बैठक हुनुअघि उक्त पश्चिमा सैन्य गठबन्धनका महासचिव येन्स स्टोल्टेन्ब्यार्गले युक्रेनी सेनाले केही महिनायता ठूलो जितू हासिल गरेको जनाएका छन्। उनका अनुसार युक्रेनले ब्ल्याक सी फ्लीटमा ठूलो क्षतिू पुर्‍याउँदै आफ्नो अन्न निर्यात गर्न जलमार्ग खोलेको छ।बिबिसीले लेखेको छ ।

प्रतिक्रिया