बाख्राफर्ममा आगोलागी, संरचना सहित सबै बाख्रा जलेर नष्ट


२८ मंसिर, ओखलढुंगा । बाख्राफर्ममा आगोलागी हुदा संरचना सहित सबै बाख्रा जलेर नष्ट भएका छन् । मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी जलजलेमा सन्चालित सन्जय बाख्रा फर्ममा बुधबार विहान करिब ३:३० बजे आगोलागी भएको हो । विद्युत सर्ट भई आगो लागेको हुनसक्ने बताएका छन् । प्रहरी मुचुल्का र थप अनुसन्धान भईरहेको सन्चालक सन्जय खत्रीले बताए । गोठमा बोयर, जमुना पारी, स्थानिय जातका गरि जम्मा ६०।७० वटा माउ बाख्रा, ब्याडे बोकाहरु र पाठा पाठी गरेर  १ सय १९ वटा  सबै जलेका छन् । बाख्रा, संरचना जलेर नष्ट हुदा ८० लाख भन्दा बढीको क्षति भएको सन्चालक खत्रीले बताए । बाख्राफर्म सन्चालन गरेको भर्खर ३ वर्ष भएको थियो ।


प्रतिक्रिया