रुम्जाटारबाट बस र ट्रकको ट्रायलका लागि स्वीकृती प्राप्त


चैत २३ । यातायात व्यवस्था कार्यालय ओखलढुंगा रुम्जाटारबाट बस ट्रक र स्काभेटरको पनि चालक अनुमतिपत्र लिन सकिने भएको छ । बस ट्रक र स्काभेटरको लागि १०।१० वटा कोटा माग गरेको र सेही अनुसार स्वीकृती प्राप्त भएको कार्यालय प्रमुख गोपाल दाहालले जानकारी दिनु भयो । चैत ५ गतेबाट आधिकारीक रुपमा शुरु भएको ट्रायल सेन्टरमा अहिले मोटरसाइकल, स्कुटर, कार जीप, टेम्पोको लिखित परिक्षा तथा  ट्रायल भईरहेको छ । बस र ट्रकको पनि स्वीकृति प्राप्त भएकाले अबको १५ दिन पछाडीबाट अनलाइन फारम भर्न मिल्ने दाहालले बताउनु भयो । रुम्जाटार बाटै सवारी अनुमति पत्र प्राप्त गर्न सकिने भएपछि माथील्लो सगरमाथाका नागरिकहरुलाई सहज भएको छ । अहिले सवारी अनुमति पत्रको लागि लिखित र ट्रायल दिनेको संख्या बढीरहेको कार्यालयले जनाएको छ । अहिले स्कुटर १०, मोटरसाइकल ५०, कार जीप २०, टेम्पो १५, ट्रयाक्टर १०, मिनिबस, मिनीट्रक १०, बस ट्रक १० र स्काभेटर१० वटा कोटामा अनलाइन फारम भर्न पाइनेछ । नविकरण, कर चुक्ता र दर्ता नामसारी लगायतका कामहरु नियमित रुपमा भईरहेका छन् ।

प्रतिक्रिया