माघ २२ । ओखलढुंगा जिल्लाकै उच्चस्थान
देम्बामा सन्चालित ‘दावा
एग्रो टुरीजम रिसोर्ट’ आगोले
जलेर नष्ट भएपछि एक युवा रिणमा डुबेका छन् । खिजीदेम्बा गाउँपालिका वडा नंं ८ निवासी
दावा शेर्पाले डेढ करोडको लगानीमा रिसोर्ट सन्चालन गरेका थिए । जिल्लाकै उच्चस्थान देम्बाडाँडामा
जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उदेश्यका साथ सन्चालन गरिएको रिसोर्ट,
आगोले जलेर नष्ट भएको छ । ३१ वर्षीय
युवा दावा शेर्पाले पर्यटन प्रबद्र्धनका लागि एकल लगानीमा रिसोर्ट सन्चालन गरेका
थिए । मुक्तीनाथ विकास बैंक ओखलढुंगाबाट २० लाख र अन्य ब्यक्तिसँगको रिणमा रिसोर्ट
सन्चालन गरेको सन्चालक दावा शेर्पाले बताए । माघ १० गते अचानक रिसोर्टमा आगो
लागेको थियो । बस्ति बाट निकै टाढा भएकाले आगो नियन्त्रणमा ल्याउन कठिन भएको
स्थानियले बताए । काठको भवन र रिसोर्ट भित्र भएका भाँडाकुडा, लत्ताकपडा, खाद्यन्न, टेबुल कुर्सी लगायत अन्य सामग्री सबै
जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खिजीफलाटेले जनाएको छ । समुन्द्री सतह देखि
३३ सय ५० मिटर उचाईमा सन्चालित रिसोर्टमा कार्यरत कर्मचारी पानी बोक्न गएको बेला
दिउसो करिब २ बजेको समयमा आगो
लागेको थियो । रिसोर्टमा आउने पाहुना र बटुवालाई आधा घण्टा टाढाको बाटोबाट पानी
बोकेरै पिलाउने गरेका थिए । उच्च ठाउ भएकाले त्यहाँ कुनै ठाउबाट पनि पाइपमा पानी
ल्याउन सक्ने संभावना नभएको सन्चालकले बताए । आफु काठमाण्डौ गएको र कर्मचारी पनि
पानी बोक्न गएको बेला कसरी आगो लाग्यो पत्ता पाउनै सकिएन । भूमी तथ्याँक अनुसार
पर्यटकीय हिसाबले नेपालका ७ महत्वपुर्ण डाँडामध्ये देम्बा डाँडा दोश्रो स्थानमा
रहेको सन्चालक शेर्पाले बताए । आफ्नै ठाउँमा केहि गर्ने भावनाका साथ पर्यटन
प्रबद्र्धनमा सहयोग पुग्ने भएकाले रिणमा लगानी गरेर रिसोर्ट सन्चालन गरेको उनको
भनाई छ । शनिबारको दिन र चाडपर्वको समयमा छिमेकी जिल्ला रामेछाप, सोलुखुम्बु लगायतका जिल्लाबाट सयौँको
संख्यामा आन्तरिक पर्यटक र केहि बिदेशी पर्यक पनि देम्बाडाँडामा आउने गरेका छन् ।