कतार पुलिसमा जागिरको प्रलोभनमा पारी उनान्सत्तरी लाख ठगी गरेको आरोपमा पक्राउ


बैशाख ३१ । कतार पुलिसमा जागिर मिलाई दिने ६९ लाख रुपैया ठगी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा नं ४ स्थाई  घर भई हाल काठमाडौं महानगरपालिका वडा नं १० थापागाउँ बस्ने ४९ वर्षीय रूद्र बहादुर लिम्बुलाई पक्राउ गरिएको हो ।

प्रहरी प्रधान कार्यालय काठमाण्डौका अनुसार, लिम्बु समेतले १९ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार पुलिसमा १ लाख रुपैयाँ भन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६९ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरिएको हो । विभिन्न नागारिकलाई बैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गरेकोले  लिम्बुलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई  पत्राचार गरेको थियो । बैदेशिक रोजगार विभागको पत्रानुसार  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं धुम्बराहीबाट शुक्रबार पक्राउ गरेको हो । लिम्बुलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया