बाढी प्रभावितलाई सभापति खतिवडाको आर्थीक सहयोग

 असोज २१ । संघिय माननिय एवं राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बाढी प्रभावित ओखलढुंगाका नागरिकलाई आर्थीक सहयोग गर्नुभएको छ । असोज १२ गते आएको भेलबाढी पिडित सुनकोशी र चम्पादेवीका नागरिकहरुलाई ब्यक्तिगत आर्थीक सहयोग गर्नु भएको हो । सोमबार सुनकोशी गाउँपालिकाका वडा नं १, २ र ४ का १६ जना बाढीप्रभावितहरुको टोलमा गई बाढी प्रभावितलाई भेटेर आर्थीक सहयोग गर्नुभएको खतिवडाका स्वकिय सचिव हुकुम राईले जानकारी दिनुभयो । चम्पादेवी गाउँपालिकाका १३ जना बाढीप्रभावितहरुलाई भने वडाअध्यक्ष विष्णु पुलामी मार्फत रकम बुझाएको सभापति खतिवडाले जानकारी दिनुभयो । सुनकोशी र चम्पादेवी गाउँपालिकाका २९ बाढीप्रभावित परिवारलाई ५ हजारका दरले नगद सहयोग गर्नु भएको छ । दशैँ आएको बेलामा बस्ने बास र खाने गाँस नभएका बाढी प्रभावित नागरिकहरुरकम पाएपछि  खुशी भएका छन् ।

आर्थीक सहयोग पश्चात सम्बोधन गर्दै खतिवडाले, प्राकृतिक विपत्तिमा कसैको केहि नलाग्ने यसलाई स्विकारेर पाठ सिक्दै जानु पर्ने बताउनु भयो । साथै बाढीप्रभावितहरुलाई सरकारले ढिला नगरी सबै खालका सहयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो । सभापति खतिवडाकै पहलमा सरकारले ओखलढुंगाको सुनकोशी गाउँपालिका र चम्पादेवी गाउँपालिकालाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सोमबार भएको आर्थीक सहयोग वितरण कार्यक्रममा सभापति रामहरि खतिवडा, पूर्वमन्त्री कोशी प्रदेशसभा सदस्य प्रदिपकुमार सुनुवार जिल्ला पार्टी सभापति एवं सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल  ( तेजेन्द्र), सुनकोशी गाउँपालिका प्रमुख कमल तामाङ्ग, ट्रेडयुनियन कांग्रेसका पूर्व अध्यक्ष खिलानाथ लुइटेल, वडा अध्यक्ष प्रकाश सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया