झगनखबर
आसर ७ । यातायात ब्यवस्था कार्यालय रुम्जाटार
ओखलढुंगामा १ हजार ८ सय ६९ जनाले अनलाईन निवेदन दर्ता गरेका छन् । गत फागुन महिना
देखि जेठ मसान्त सम्म नयाँ सवारी चालक अनुमती पत्रको लागी १ हजार ४ सय ७४ जना र
वर्ग थपका लागी ३ सय ९५ जनाले अनलाइन निवेदन दर्ता गरेका हुन् । २०७८ साल असोज १४
गतेदेखी नविकरण गर्न शुरु गरेको कार्यालयले २०७९ साल फागुन १४ गतेबाट नयाँ र
वर्गथपको अनलाईन दर्ता गर्न शुरु गरेको थियो । तिन महिनाको अवधीमा नयाँ सवारी चालक
अनुमती पत्र ४ सय ५८ जना र वर्गथप १ सय ५१ जना गरी जम्मा ६ सय ९ जनाले सवारीचालक
अनुमती पत्र प्राप्त गरेका छन् । २०७९ साउन देखी ०८० जेठ मसान्त सम्ममा ३ सय २५
जनाले सवारी साधन नविकरण गरेका छन् ।
ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयुपुरको उत्तरी भाग
र सिन्धुलीको उत्तरी भागका सेवाग्रहीले सेवा लिईरहेका छन् । सवारी चालक अनुमती
पत्र प्राप्त गर्न तराई अथवा काठमाणडौ जानुपर्दा धेरै खर्च लाग्ने भएकाले कतिपयले
सवारीचालक अनुमती पत्र प्राप्त नगरी सवारी चलाईरहेको थिए । रुम्जाटारमै
ट्रायलसेन्टर भएपछी अनुमती पत्रको लागी धेरै सजिलो भएको स्थानियबासीले बताएका छन्
। ट्रायल परिक्षा शुरु गर्दाको समयमा कार्यालयले धान्नै नसक्ने गरी आवेदन आएको तर
अहिले कम हुँदै गएको यातायात ब्यवस्था कार्यालय रुम्जाटार ओखलढुंगाका कार्यालय
प्रमुख गोपाल दाहालले बताउनु भयो । कार्यालयले; मोटरसाईकल, स्कुटर, टेम्पो, ट्रयाक्टर, मिनीबस, मिनी ट्रक, बस, ट्रक, लहरी, एक्साभेटर, ब्याकुलोडर लगायतका
सवारीसाधनको सवारी अनुमती पत्र वितरण गरिरहेको छ । अहिले सम्म अनुमती पत्रको लागी
नागरिकको चाप भए पनि वर्षाको समयमा भने केहि कम हुने कार्यालय प्रमुख दाहालले
बताउनु भयो । आफ्नै ठाउँबाट सवारीचालक अनुमती पत्र प्राप्त गर्न थालेपछि स्थानिय
नागरिकहरु खुशी भएका छन् ।