ओखलढुंगा १५, फागुन । जिल्लाको
चिसंखुगढी गाउँपालिका वडा नं. ७ ओख्रेनीमा ब्यक्तिको घरमा आगो लागि बाट घरसहित
धनमाल जलेदर नष्ट हुदाँ ३१ लाख भन्दा बढीको क्षती भएको छ । शनिबार बेलुका करिब ६
बजेको समयमा तेज बहादुर गुरुङको घरमा आगो लागेको थियो । घरनजिकै झिक्रा पोल्ने
क्रममा आगो अनियन्त्रित भई घरमा सल्किएको बताएका छन् । साँझ ६ बजेदेखि लागेको आगो
८ बजे बेलुका नेपाल प्रहरी र स्थानिय बासीको सहयोगमा नियन्त्रणमा लिएका थिए । तिन
तले जस्ताको छानो भएको घर पुरै जलेर नष्ट भएको छ भने घरभित्र भएको सुनचाँदी, भाडावर्र्तन, लत्ताकपडा, खाद्यन्न सबै
जलेर नष्ट भएको पिडित गुरुङले बताए । घर, सुनचाँदी, खाद्यन्न, लत्ताकपडा
लगायतका घरायसी सामग्रीहरु जलेर नष्ट हुदा ३१ लाख २० हजार बरारबरको क्षती भएको
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उक्त अगोलागी बाट कुनै मानबिय र
पशुचौपयाको क्षती नभएको जिल्ला प्रहरी कर्यालय ओखलढुंगाका प्रहरी निरिक्षक
देबेन्द्र दासले जानकारी दिएका छन् ।