जेठ २२ । ओखलढुंगा
जिल्लाको मोलुङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा एक घर एक धारा
निर्माण सम्पन्न भएको छ । मोलुङ गाउँपालिकाको वडा नं ३ र ५ मा रेडक्रस सोसाइटीको सहयोग र पालिकाको सहलगानी
तथा स्थानियबासीको जनश्रमदानबाट एक घर एक धारा निर्माण सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासंघ, ब्रिटिश रेडक्रसको सहकार्य, मोलुङ गाउँपालिकाको
सहलगानी र स्थानियबासीको जनश्रमदानबाट धारा निर्माण सम्पन्न भएको नेपाल रेडक्रस
सोसाइटी जिल्ला शाखा ओखलढुंगाका अध्यक्ष नारायण प्रसाद दाहालले जानकारी दिनुभएको छ
।
नेपाल रेडक्रस
सोसाइटीले ‘दिगो तथा समाबेशी खानेपानी, स्वच्छता तथा सरसफाई परियोजना’ अन्तर्गत गडीभुलभुले मूहान गरी एकघर एक धारा निर्माण गरेको हो । १ करोड ३२
लाख ५८ हजार ७ सय ३६ रुपैया ९५ पैसा कुल लागतमा
सम्पन्न भएको उक्त योजनामा १ हजार १ सय ८१ जना नागरिक लाभान्वित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटीको तर्फबाट ७० लाख ७ हजार ८ सय २४, मोलुङ गाउँपालिकाको तर्फबाट ३८ लाख ३७ हजार ६ सय ३५ रुपैया ८९ पैसा र
उपभोक्ताहरुको जनश्रमदानबाट २४ लाख १३ हजार २ सय ७६ रुपैया ६९ पैसा लागतमा
खानेपानी आयोजनाको काम सम्पन्न भएको उपभोक्ता समितिले जानकारी दिएको छ ।
वडा नं ३ र ५ का २ सय
१६ घरधुरीका ६ सय १९ महिला र ५ सय ६२ पुरुष उपभोक्ताहरु लाभान्वित भएका छन् ।
प्रत्येक घरमा धारा निर्माण सँगै सार्वजनिक र विद्यालयहरु समेतमा धारा निर्माण
गरिएको बताएका छन् । १४ वटा सार्वजनिक धारा सहित जम्मा २ सय ३० वटा धारा निर्माण
सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यक्रम संयोजक खिलराज
गुरागाईले बताउनु भयो।
एक घर एक धारा
निर्माण सम्पन्न भई घर–घरमा पानी आउन
थालेपछि स्थानिय उपभोक्ताहरु खुशी भएका छन् ।
‘खानेपानीको ठुलो समस्या थियो, खानेपानीको समस्या
समाधान गरिदिएकोमा नेपाल रेडक्रस सोसाइटी ओखलढुंगाका अध्यक्ष नारायण प्रसाद दाहाल
लगायत सम्पुर्ण रेडक्रस टिमलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौ; स्थानिय बासीले भने ।
मंगलबार एक औपचारिक
कार्यक्रमको आयोजना गरी धारा निर्माण सम्पन्नताको घोषणा तथा उपभोक्ताहरुलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र केन्द्रिय कार्यालयका पदाधिकारी, आइएफआरसीका नेपाल प्रमुख, पालिका प्रमुख र
स्थानिय उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।