धेरै रोयो भनेर विष खुवाई आमाले फालिन दुई महिने छोरा


 साउन ४ । बच्चा धेरै रोयो भनेर आफ्नै दुई महिने बच्चा (छोरा) लाई विष खुवाई हत्या गरी जंगलमा फालेकी छन् । यो घटना ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं ४ चार्खुको हो । बच्चा जन्मेदेखि नै धेरै रोइरहने गरेको थियो । रोएर वाक्क दिक्क बनाएकाले शान्ती पाउनको लागि आमाले अलफाइटर नामक विषादी खुवाई हत्या गरी जंगलमा फालेको खुलेको हो ।

असार ३१ गते अन्दाजी १२ बजेर ५०  मिनेटको समयमा ओखलढुंगा जिल्ला चिसंखुगढी गाउँपालिका वडा नं ८ स्थित बाघखोर जंगलमा बेवारिसे बच्चाको लास फेला परेको थियो । स्थानियबासीले जंगलमा बेवारिसे बच्चाको लास फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बच्चाको उक्त लासलाई आवश्यक कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाण्डौमा पठाइएको छ । प्रहरीले अनुसन्धानको क्रममा मृतक शिशु सिद्धिचरण नगरपालिका वडा नं ४ चार्खु निवासी युवराज राई र श्रीमति वर्ष २६ की दिपकुमारी राईको छोरा (हिमाल राई) भएको पत्ता लगाएको थियो । सोही दिन आमा दिपकुमारी राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा राईले छोराको हत्या गरी फालेको पत्ता लागेको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार आफ्नै आमा दिपकुमारी राईले जन्मेदेखि धेरै रोइरहने र बच्चा रोएकाले आफुलाई धेरै दिक्क र झन्जट लागेकाले किटनाशक औषधि खुवाई हत्या गरेको स्विकारेकी छन् । नीज राईलाई म्याद थप गरी थप अनुसान्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया