बिगुटारमा गोठमा आगोलागी दुई लैनो भैसी सहित सबै चौपाया जले


 माघ २० । सिद्धिचरण नगरपालिका वडा नं ७ स्थित दोल्पुमा गोठमा ओगोलागी भएको छ । आइतबार दिउँसो करिब तीन बजेको समयमा डिल्ली बहादुर कार्कीको गोठमा अचानक आगोलागी भएको हो । गोठमा आगोलागी हुँदा दुईवटा लैनो भैसी, खसीबोका बाख्रापाठा जलेर नष्ट भएको वडाअध्यक्ष भल बहादुर कट्वालले जानकारी दिनुभएको छ । आगो के कारणले लागेको हो पत्ता लगाउन सकेको छैन । आगोलागीबाट कति क्षति भएको हो भन्ने यकीन विवरण आउन बाँकी छ ।



प्रतिक्रिया