झगनखबर
असार ८ । ओखलढुंगा
जिल्लाको चम्पादवी गाउँपालिका वडा नं ३ मा बेवारिसे फेला परेको शबको पहिचान खुलेको छ । बिहिबार
विहान करिब ९ बजेको समयमा लिखु खोलाको बिच भागमा बेवारिसे शब फेला परेको हो । लामो
समय सम्म पहिचान हुन नसकेको शब चम्पादेवी गाउँपालिका वडा नं २ पलापुको भएको पहिचान
खुलेको छ । चम्पादेवी २, पलापुका
बीर बहादुर सुनुवारको छोरा अन्दाजी वर्ष ५५।६० को छोटे सुनुवारको भएको प्रहरीले
जनाएको छ । मृतकको कान्छो भाई ३०
वर्षीय बिष्णु सुनुवार घट्नास्थलमा आई, बेवारिसे शब मेरो
दाईको हो भनि प्रमाणित गरेपछि शबको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय
ओखलढुंगाले जनाएको छ । शबको पहिचान खुलेपछि आवश्यक कानुनी प्रकृया पुरा गरी
पोष्टमार्टका लागी मन्थली पठाइएको प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले बताउनु
भयो ।
खोलाको बिच भागमा
मान्छेको लास जस्तो बस्तु देखेपछि स्थानियबासीले बिहिबार विहान प्रहरीलाई खबर
गरेका थिए । स्थानियबासीले खबर गरे पछि प्रहरी चौकी कालीकाबाट प्रहरी गएको थियो ।
कालिका प्रहरी चौकीबाट खटिएको टोलीले खोलाको बिचभाग बाट शब निकाल्न नसकेपछी घोराखोरीबाट इन्सपेक्टरको कमाण्डमा शसस्त्र
प्रहरी गएको थियो । शसस्त्र प्रहरी, प्रहरी र स्थानियबासीले लासलाई खोला बाट झिकिएको छ । लासको उद्धार
र आवश्यक कानुनी प्रकृयाका लागी इलाका
प्रहरी कार्यालय खिजीफलाटेबाट पनि प्रहरी निरिक्षकको टोली गएको थियो । प्रहरी र शसस्त्र
प्रहरी मिलेर नदिको टापुजस्तो ठाउँमा रहेको लासलाई सुरक्षीत निकालीएको थियो ।
पुरुषको जस्तो देखिने तर चिन्न नसकिने
अवस्थामा रहेको उक्त लास कसको हो, पहिचान
हुन सकेको थिएन । बिहिबार साँझ पहिचान खुलेपछि पोष्टमार्टमका लागी साँझ नै रामेछाप
पठाईको प्रहरीले जनाएको छ ।