सुलीभिर सामुदायिक वनमा आगलागी

झगनखबर.कम

फागुन २१ । चिशंखुगढी गाउँपालिका वडा नं ६ स्थित भदौरेको सामुदायिक वनमा आगलागी भएको छ । सोमबार करिब साँढे १ बजेदेखि सुलीभिर सामुदायिक वनमा आगलागी भएको हो । स्थानियबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको बताएका छन् । आगो नियन्त्रण गर्न कठिनाई भईरहेको र तत्कालै मानव वस्तीमा छिर्न सक्ने संभावना नरहेको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागी के कारणले भएको भन्ने पुष्टि नभएको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया