नेता दाहाल दम्पतिको दाहसंस्कार गरियो


ओखलढुगा २३, फागुन । नेपाली कांग्रेसका पुर्व उपसभापति एवं पुराना नेता हेम प्रसाद दाहाल र उहाँकी धर्मपत्नी बेदुका दाहालको दाहसंस्कार गरिएको छ । मंगलबार विहान जिल्ला अस्पताल रुम्जाटारमा पोष्टमार्टम पछि मोलुङ खोलाको सिम्लेघाटमा दाहसंस्कार  गरिएको हो । दाहाल दम्पतिलाई नेपाली कांग्रेस ओखलढुंगाले  चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरिएको नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले बताउनु भयो । दाहाल आफ्नो घर देखि करिब २०० मिटर पुर्व फडिन्द्र बहादुर सार्कीको खरबारीमा खनिउँको रुखमा रातो कपडाले बनेको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिनु भएको थियो भने उहाँकी श्रीमती घर देखि ४० मिटर पुर्व फडिन्द्र बहादुर सार्कीकै बारीको डिलमा भएको सिरिस जातको रुखमा नाईलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिनु भएको थियो । घटना के कति कारणले भएको हो भन्ने विषयमा  अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक दिपक केसीले बताउनु भयो । करिब ९ बजेको समयमा  श्रीमती बेदुका दाहाल घरनजिकै झुन्डिएको अवस्थामा भेटिएपछि हेम प्रसादको खोजी भएको थियो । वरिपरी कतै पनि नभेटिएपछि करिब ११ बजेतिर घरभन्दा अलि टाढा खरबारीमा झुन्डिएकै अवस्थामा  भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । छोरा  काठमाण्डौ बाट आईपुगेपछि मात्र लासलाई झिकिएको थियो । सोमबार राती रुम्जाटार अस्पताल लगिएको थियो । मंगलबार विहान पोष्टमार्टम गरेपछि दाहसंस्कार गरिएको भान्जा सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो 

प्रतिक्रिया