दुरर्घटनाका मृतक परिवारलाई नगरपालिका द्वारा राहत वितरण

ओखलढुंगा ५, चैत । बस दुर्घनामा परि मृत्यु भएकाहरुको परिवारलाई सिद्धिचरण नगरपालिकाले राहत वितरण गरेको छ । सिद्धिचरण नगरपालिका वडा नं ५ बर्णालुकी धनकुमारी भुजेलको परिवार र सि.न.पा. २ ठुलाछापका पेशल भुजेलको परिवारलाई नगद राहत वितरण गरेको हो । मृतकका परिवारलाई क्रिया खर्च बापत २० हजार नगद वितरण गरिएको हो । स्थानिय सरकार सदैव नागरिक सँगै भएको अनुभुन गराउन र उहाँहरुको आत्मबलको  बृद्धि गराउनको लागि आर्थीक सहयोग गर्ने परिपाटीको विकास गरेको मेयर तेजन खनाल ( तेजेन्द्र) ले बताउनु भयो । उहाँ दुवै ठाउका मृतक परिवारको घरमा गई आफन्तहरुलाई भेटेर नगद सहयोग गर्नुका साथै समबेदना दिनुभएको थियो । गत फागुन २८ गते ओखलढुंगा रुम्जाटारबाट काठमाण्डौ जाँदै गरेको यात्रुबाहक बस  सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका अन्तरगत कुइभिरमा दुर्घटना भएको थियो । बसमा सवार ३६ जना मध्य ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा ओखलढुंगाका दुई जनाको घटनास्थलमा नै ज्यान गएको थियो । घाइतेहरुको काठमाण्डौमा उपचार भईरहेको छ । बर्णालुकी मृतक धन कुमारी भुजेलको दुइजना छोरा हरु कक्षा ११ र १२ मा अध्ययनरत छन् । छोराहरुलाई भेट्न जाने क्रममा गाडी दुर्घटना भई मृत्यु भएको थियो । त्यसै गरि ठुलाछापका पेशल भुजेलको परिवारमा साना ३ जना छोराछोरी रहेका छन् । उनिहरुलाई पालनपोषणमा नै समस्या भएको र बस्नलाई घरसमेत राम्रो नभएको नेपाली कांगेसका नेता टिकाराम कार्कीले बताउनु भयो । राहत वितरणका लागि नगरप्रमुख तेजेन्द्र खनाल, प्रमुख प्रशासकिय अधिकृत बलराम लम्साल, खरिदार (सहायक चौथो) चुडामणी दाहाल र कम्प्युटर अपरेटर पदम परियारको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया