आगोले जलेर गर्भीनी भैँसी मर्‍यो

ओखलढुंगा १५, चैत । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडानं. ३ स्थित सिस्नेरीमा भैँसी  गोठमा आगलागी भएको छ । मंगलबार बेलुका अन्दाजी ११ बजेको समयमा बिर बहादुर थापाको भैँसी गोठमा आगलागी भएको हो । आगलागीबाट एउटा गर्भीनी भैँसी जलेर घट्नास्थलमा नै मरेको छ भने एउटा थोरे भैँसी जलेर घाइते भएको छ । बिर बहादुरका बृद्ध श्रीमान श्रीमति मात्रै भएको अवस्थामा एक्कासी रातीको समयमा आगलागी भएको थियो । आगलागी बाट घाँस राखेको गोठ जलेर नष्ट भएको छ भने भुकम्प प्रतिरोधी घर पनि आधा भन्दा धेरै जलेको स्थानियले बताएका छन् । बुवा आमा सहित सबैलाई मार्ने उदेश्यले अरु कसैले आगो लगाईदिएको बिर बहादुरका छोरा रमेशले बताउनु भयो । उहाले भन्नु भयो; "म काठमाण्डौमा थिए, बृद्ध बुवाआमा मात्रै घरमा हुनुहुन्थ्यो, समयमै आमाले थाहा पाएकाले बुवाआमा बाँच्न सफल हुनुभएको छ ।" स्थानियबासीको सहयोगमा राती नै आगो नियन्त्रणमा लिई घर जल्नबाट जोगाएको स्थानियबासीले बताएका छन् । उक्त अगालागीबाट ३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  आगलागी भएको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया