लैंगिक हिंसा निवारण कोष सम्बन्धी मस्यौदा नगरपालिकालाई हस्तान्तरण


राजकुमार कार्की

ओखलढुंगा बैशाख १४ । लैंगिक हिंसा निवारण कोष सम्बन्धी मस्यौदा कानून माथी छलफल गरी सिद्धिचरण नगरपालिकालाई हस्तान्तरण गरिएको छ । जुरी नेपाल र युएनएफपीएको प्राविधिक सहयोगमा तयार पारिएको मस्यौदा सोमबार औपचारीक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

 नगर उपप्रमुख केदारबाबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मस्यौदा माथी छलफल गरी हस्तान्तरण  गरिएको थियो । २०८२ साल भदौ २४ गते नगरपालिकाले लैंगिक हिंसा निवारण कोषको दिर्घकालीन सम्बोधनका लागि लैंगिक हिंसा निवारण कोष तथा सोको सन्चालन सम्बन्धी नमूना ऐन तथा सो सम्बन्धी नियमावलीको मस्यौदा तयार गर्न जुरी नेपाललाई जिम्मेवारी दिइएको थियो । सोई जिम्मेवारी अनुरुप  जुरी नेपाल र युएनएफपीएको प्राविधिक सहयोगमा ऐन र नियमको मस्यौदा तयार पारिएको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत, पालिकास्थित वडा अध्यक्षहरु, शाखा प्रमुखहरुको उपस्थिति रहेको जानकारी दिएका छन् ।

लैंगिक हिंसा निवारण तथा पिडित संरक्षण ऐन तथा लैंगिक हिंसा पिडित संरक्षण कोष स्थापना र सन्चालन नियमावली २०८३ मस्यौदा तयार पारी सिद्धिचरण नगरपालिकालाई हस्तान्तरण गरिएको युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो । हस्तान्तरण गरिएको मस्यौदा नगरपालिकाले आगामी कार्यपालिकाको बैठकबाट पारीत गर्ने र नगरसभासबाट अनुमोदन गरी लागू गर्ने सहमति भएको जानकारी दिएका छन् । युएनएफपीएले नगरपालिका सहित जिल्लाका ४ वटा स्थानीय तहमा लामो समय देखि लैंगिक हिंसा न्युनीकरणको क्षेत्रमा काम गरिरहेको छ । यसै सन्दर्भमा आगामी दिनमा लैंगिक हिंसा न्युनीरकणमा सहयोग पु¥याउनको लागि ऐन नियमको आवश्यक हुने भएकाले यसको मस्यौदा तयार पारी हस्तान्तरण गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया