बाढीले झोलुङ्गे पूल बगायो दुइवटा पूर्णक्षति


 असोज १३ । बिहिबार देखि निरन्तर रुपमा भएको वर्षाका कारण ओखलढुंगाका विभिन्न ठाउँमा झोलुङ्गे पूल क्षति भएको छ । सुनकोशी गाउँपालिका, जेरुङ्गघाट  र सिन्धुली जिल्लाको तीनखण्डे जोड्ने झोलुङ्गे पूल सुनकोशी नदीमा आएको बाढीले पूर्णरुपमा बगाएको छ । सुनकोशी गाउँपालिका १ कै बल्खुघाटबाट सिन्धुलीको थुल्मेघाट जोडिने झोलुङ्गे पूल सुकोशी नदीमा आएको बाढीका कारण लठ्ठा चुडिएर पूर्ण क्षति भएको छ । चिशंखुगढी गाउँपालिका वडा नं ८ स्थित खार्तेखोलामा भएको झोलुङ्गे पूलमा क्षति भएको हो । वडा नं ८ माम्खाबाट वडा नं ४ रातमाटे जोड्ने झोलुङ्गे पूलको जगमाथीबाट पहिरोले पुरी पूल कोल्टीएको छ । मानिसहरु आवतजावत गर्न सक्ने अवस्थामा नरहेको स्थानियबासीले बताएका छन् । अविरल वर्षाका कारण शनिबार एउटा झोलुङ्गे पूल बगाएको र दुईवटामा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

प्रतिक्रिया