कोशी प्रदेशसभामा फ्लोर क्रस


झगनखबर

११ माघ। कोशीमा राष्ट्रियसभा निर्वाचनमा भोट क्रस भएको खुलेको छ । ९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा एमाले उम्मेदवार रुक्मिणी कोइरालाले ४९ मत पाउनु भएको छ  । सत्ता गठबन्धनको समर्थन पाएकी माओवादी उम्मेदवार चम्पा कार्कीले ४४ मत पाएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।  राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । तर एमाले उम्मेदवारले ४९ मत पाएकाले सत्ता गठबन्धनको ३ मत एमाले उम्मेदवारले पाएको खुलेको छ । प्रदेशसभामा सत्ता गठबन्धनको ४७ मत रहेकामा माओवादी केन्द्रकी उम्मेदवार कार्कीले ४४ मत मात्र पाउनु भएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मत भने गन्न बाँकी नै छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ छ । यस अनुसार एमाले उम्मेदवार कोइरालाले २५९७ मतभार पाउनु भएको छ भने माओवादी उम्मेदवार कार्कीले २३३२ मतभार पाउनु भएको छ ।

 

 

 

प्रतिक्रिया