पहिलो पटक सरकारी निकायद्वारा घोडादौड प्रतियोगिता


ओखलढुंगा १८ फागुन । चम्पादेवी गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलमा पहिलो पटक घोडा दौड प्रतियोगिताको अयोजना गरेको छ । फागुन १९ गते देखि  २२ गते सम्म सन्चालन हुने अध्यक्ष कप खेलमा  घोडादौड प्रतियोगिता लगायत अन्य रैथाने खेल प्रतियोगिताको आयोजना गरेको हो । गउँपालिकाले, तान डोरी प्रतियोगिता, गोरु जुधाई प्रतियोगिता, घैँटोफोर प्रतियोगिता, बोको झिक्ने प्रतियोगिता, श्रीमति बोकेर दौडीने प्रतियोगिता, लगायतका नयाँ खेल प्रतियोगिताको शुरुवात गरेको छ, भने अन्तरपालिका भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ ।  रैथाने खेलहरुलाई प्रमोट गर्ने र खेल प्रति चासो राख्ने पाका उमेरका स्थानिय खेलाडीहरुलाई सहभागी हुने अवसर दिलाउन घोडा दौड लगायतका अन्य रैथाने खेलप्रतियोगिताको आयोजना गरिएको पालिका प्रमुख नवराज केसीले बताउनु भयो । उहाँले भन्नु भयो;  'विद्यार्थीहरुले खेल्दै आएका खेल, पिकनिक, चाडपर्वमा स्थानियरुपमा खेलीने खेललाई सरकारी तहबाटै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनु पर्छ भन्ने उदेश्यले यस्ता रैथाने खेललाई बढी प्राथमिक्ता दिएको हो ।'  खेल चम्पादेवी गाउँपालिका वडा नं ९ स्थित डल्लीडाँडामा भएको श्रीचम्पादेवी खेलमैदानमा खेलाईनेछ ।  यो खेल मैदान जिल्लाकै सबै भन्दा ठुलो र सबै भन्दा उच्च स्थानमा भएको खेल मैदान हो । पुरस्कार सहितको घोडादौड प्रतियोगिता गराउने पहिलो सरकारी निकाय नै चम्पादेवी गाउँपालिका भएको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका कार्यालय सचिव बालकुमार खनाले बताउनु भयो । साथै उहाँले भन्नु भयो; 'मेरो २७ वर्षको जागिरको दौरानमा अहिले सम्म कुनै सरकारी निकायले पुरस्कार सहितको घोडादौड प्रतियोगिता गरेको थाहा छैन ।' नेपाल सरकारका उप-प्रधानमन्त्रि माननिय नरायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य र कोशी प्रदेश सभाका सभामुख माननिय बाबुराम गौतमको विशेष आतिथ्यमा फागुन १९ गते खेलको उद्घाटन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया