ओखलढुंगा १, बैशाख । जिल्ला खेलकुद विकास समिति
ओखलढुंगाको आयोजनामा भएको जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा
सिद्धिचरण नगरपालिका प्रथम भएको छ । ३८ स्वर्ण, २१ रजत र ५ कास्य गरि जम्मा ६४ पदक सहित
प्रथम भएको हो । पालिकास्तरिय अन्तरविद्यालय प्रतियोगिताबाट छनौट भएका विद्यार्थी
खेलाडीहरुले जिल्लास्तरिय प्रतियोगितामा भाग लिएका थिए । जिल्लाका ८ वटा पालिका
मध्य ५ वटा पालिका बाट मात्रै विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो ।
खिजीदेम्बा गाउँपालिका, लिखु गाउँपालिका र चिसंखुगढी गाउँपालिका
भने सहभागी नभएको आयोजकले जनाएको छ । सदरमुकामको खेल मैदानमा भएको खेल प्रतियोगिता
चैत २९ गते बाट शुरु भई बैशाख १ गते समापन भएको थियो । भलिबलः महिला, पुरुष, कबडी : महिला, पुरुष लगायतका नेपाल सरकारले तोकेका
खेलहरुमा प्रतियोगिता गराईएको थियो । जिल्लास्तरिय खेल प्रतियोगितामा सहभागी भई
उत्कृष्ट विद्यार्थीहरु छनौट गरि प्रदेशस्तरिय प्रतियोगितामा सहभागी गराईनेछ ।
। त्यसै गरि मानेभञ्ज्याङ गाउँपालिका ५५
पदक सहित दोश्रो स्थान हाँसिल गर्न सफल भएको छ । २४ स्वर्ण, ५ रजत र कास्य २६ गरि जम्मा ५५ पदक हात
पार्न सफल भएको थियो ।
तेश्रो स्थान हाँसिल गर्न सफल भएको सुनकोशी गाउँपालिकाले ९ स्वर्ण, १८ रजत, २९ कास्य सहित जम्मा ५६ पदक हात पार्न सफल भएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने पालिकाहरुलाई
शिल्ड, मेडल र प्रमाण पत्र
वितरण गरिएको थियो । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको
प्रमुख आतिथ्यमा खेलको समापन गरिएको थियो । प्रथम, द्वितिय र तृतिय हुने पालिकाहरुलाई
शिल्ड, मेडल र प्रमाण पत्र
प्रमुख अतिथी खनालले पालिकाका प्रतिनिधीहरुलाई वितरण गर्नु भएको थियो ।
प्रत्येक विधाका खेलमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थी
खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । खेलमा सहभागी भएका विद्यार्थी
खेलाडीहरु मध्ये उत्कृष्ट खेलाडी छनौट गरि प्रदेशस्तरिय खेल प्रतियोगितामा सहभागी
गराउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।