सरस्वती मावि खानीभञ्ज्याङमा रुपान्तरण सत्र सम्पन्न


राजकुमार कार्की

 असार १ । सरस्वती माध्यमिक विद्यालय खानीभञ्ज्याङमा लैँगिक हिंसा न्युनिकरण सम्बन्धी रुपान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको कार्यक्रम शनिवार सम्पन्न भएको हो ।  गाउँपालिकाको आर्थिक सहयोग तथा सरस्वती मावि खानिभञ्ज्याङको आयोजनामा विद्यार्थीहरुलाई रुपान्तण सत्र सम्वन्धी तालिम संचालन गएिको छ । रुपान्तरण सत्र सम्वन्धी किसोर किसोरीहरुको सशक्तिकरण गर्ने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको हो । २ दिन सम्म सन्चालन भएको कार्यक्रममा नेपाल सरकारले  गरेको रुपान्तण सत्र संचालन गरिएको थियो । जसमा म र मेरो संशार मार्फत आफ्ना नजिकका विश्वासिला नातेदारहरुको सुचि वनाउने, आफुलाई अप्ठ्यारो परेको वेलामा कसलाई भन्ने, सुरक्षित स्थान कहाँ कहाँ रहने, वालवालिकाको अधिकार कानुनले कस्तो  व्यवस्था गरेको छ लगायतको विषयमा जानकारी गराईएको थियो । 

हाम्रो समुदायमा अपाङ्गता भएका वालवालीकाहरुलाई कसरी संगै लान सकिन्छ ? किसोरावस्थामा स्वास्थ्यको वारेमा के कस्ता कुरामा ध्यान दिनु पर्दछ ? प्रजनन अधिकार, महिनावारी र सरसफाइ तथा लैंगिक हिंसा के हो ? तिनका कारक तत्वहरु र त्यसले पार्ने प्रभाव तथा हिंसा भएमा कहाँ कहाँ रेफर गर्न सकिन्छ भन्ने विषयमा आधारीत भइ रुपान्तरण तालिम संचालन गरिएको थियो । वालवालिकाको क्षमता अभिवृद्धि मार्फत आगामी दिनमा हिंसा नसहने र यदी हिंसा भएमा तुरुन्त गाउँपालिका, प्रहरी, महिला मानव अधिकार आयोग आदीमा खवर गर्ने र पिडितलाई जिल्लामा रहेको एकद्धार संक व्यवस्थापन केन्द्र मार्फत मनोसामाजिक परामर्श तथा सेफ हाउस मार्फत हिंसा पिडितलाई सुरक्षित रहन सक्ने निकायका वारेमा जानकारी गराइएको थियो । समापन कार्यक्रममा बोल्दै चिशंखुगढी गाउँपालिका उपाध्याक्ष सन्तोष वावु थापाले वालवालिकाहरु विद्यालय आउने उमेरमानै आफै विवाह गरेर जाने प्रचलन रहेकोले वाल विवाह गर्दा हुने असरका वारेमा वताउनु भएको थियो । विद्यालय जान नपाइने, चाँडै गर्भवती हुने वच्चा कम तौलको जन्मने सानै उमेरमा आमा वावु वन्नु पर्ने भएकाले वेरोजगारी भइने सानै उमेरमा गर्भवती भएका कारण आमा र वच्चा दुवैको ज्यान जोखिम हुने भएकाले विद्यार्थीहरुलाई वाल विवाह नगर्न र कहि कतै हुन लागेमा खवर गर्न अनुरोध गर्नु भएको थियो । त्यसै गरी युएनएफपीएका कार्यक्रम संयोजक रेखा श्रेष्ठले लैंगिक हिंसा र प्रजनन स्वास्थ्यका बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको समापनमा सहभागी विद्यार्थीलाई स्टेशनरी समेत वितरण गरिएको थियो । २ दिने रुपान्तरण सत्रको सहजिकरण भलामान विश्वकर्मा र निर्मला खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया