आगो निभाउने क्रममा जलेर आमा–छोराको घटनास्थलमै मृत्यु


 बैशाख २४ । जंगलमा लागेको आगो खरबारीमा जम्मा गरेको खरको कुनिउँमा लाग्दा निभाउने क्रममा एकै घरका आमा छोराको जलेर घट्नास्थलमै मृत्यु भएको छ । ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं १० बेतिनीमा आगो निभाउने क्रममा ५५ वर्षिय पुण्य माया धमला र उनका छोरा १६ वर्षिय कन्चन धमलाको घट्नास्थलमै मृत्यु भएको हो । बसाह हरिबोल सामुदायिक वनमा २३ गते आइतबार देखि लागेको आगो अनियन्त्रीत भई खरबारीमा आगलागी भएको थियो । वनमा लागेको आगो स्थानियबासी र नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिने प्रयास भएको भएपनि नियन्त्रणमा आउन सकेको थिएन ।

२४ गते सोमबार दिउँसोको समयमा आगो अनियन्त्रीत भई सोही वडाको बाँहुन डाँडा बस्ने रेवती धमलाको खरबारीमा समेत आगलागी भएको थियो । उक्त आगोले धमलाको खरबारीमा जम्मा गरेर राखेको कुनिउँ जोगाउने प्रयास गर्दा उहाँकी धर्मपत्नी र छोराको आगोको ज्वालामा परी घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अस्थाई प्रहरी पोष्ट मिलनचोकबाट गएको प्रहरीले घटनास्थल सुरक्षित राखिएको र थप कानूनी प्रकृयाका लागि प्रहरी निरिक्षकको टोली घट्नास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक बिलस्टार सिँहले जानकारी दिनुभयो ।

प्रतिक्रिया