नेपाली कांग्रेस गरिब जनतालाई धनी बनाउने पार्टी हो : मिन बिश्वकर्मा


राजकुमार कार्की

पुस १५ । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन बिश्वकर्माले गरिब जनतालाई धनी बनाउने पार्टी नेपाली भएको बताउनु भएको छ । नेपाली कांग्रेसको १०० दिने जागरण अभियानमा प्रशिक्षण दिदै यस्तो बताउनु भएको हो । नेपाली कांग्रेसले असोज ७ गतेबाट देशै भरी जागरण अभियान शुरु गर्ने केन्द्रीय समितिको निर्णयानुसार ओखलढुंगामा पनि जागरण अभियान शुरु भएको थियो । जिल्लाको ८ वटा स्थानिय तह र ७५ वटै वडामा गरिएको जागरण अभियानको पुस १६ गते मंगलबार जिल्लामा समापन गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले जानकारी दिएको छ ।

जागरण अभियानको, गुनासो सुनुवाई तथा प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधी बिश्वकर्माले नेपाली कांग्रेस गरिबहरुको पार्टी नभई जनतालाई धनी  बनाउने पार्टी भएको बताउनु भयो । उहाले भन्नुभयो; ‘गरिबको पार्टी हुनलाई जनतालाई सँधै गरिब बनाईन्छ, तर नेपाली कांग्रेस सबै जनतालाई धनी बनाएर धनीको पार्टी बन्न चाहन्छ । नेपाली कांग्रेसले, सदैव जनताको अधिकार सहितको समृद्धी ल्याउने नीति लिएको बताउनु भयो । उहाँले २००७ साल, २०४६ साल र ०६२÷०६३ को आन्दोलनलाई संझदै नेपाली कांग्रेसले लिइएको जनपक्षिय नीतिकै कारण आन्दोलन सफल बनाउन जनताले सहयोग गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रचार विभाग प्रमुख बिश्वकर्माले नेपाली कांग्रेसले प्रजातान्त्रीक समाजबादी अर्थतन्त्र, बहुदलीय संसदीय शासन प्रणालीलाई अबलम्बन गरेकाले सबै दलहरु कांग्रेसले नै अबलम्बन गरेको नीति र ब्यवस्थामा आएको पनि बताउनु भयो ।

वडा र पालिका तहको अभियान कार्यक्रम समापन पश्चात १४ गते आइतबार प्रदेश (ख) को मानेभञ्ज्याङ्गमा समापन गरिएको थियो भने १५ गते सोमबार प्रदेश (क) को रामपुरमा समापन गरिएको थियो । वडा तहका सम्पुर्ण समितिमा जिल्लास्तरका नेताहरु पुगेर कार्यकर्ताहरुको गुनासो संकलन गरिएको थियो भने पालिका तह, प्रदेश तह र जिल्ला तहमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनीधी, केन्द्रीय सदस्य, जिल्ला सभापति एवं पदाधिकारी लगायतको उपस्थितिमा गुनासो सुनुवाई गरिएको बताएका छन् । जागरण अभियान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका पुर्व मन्त्री प्रदिप कुमार सुनुवार, केन्द्रीय सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, जिल्ला पार्टी सभापति तेजन खनाल उपसभापतिहरु नवराज केसी, कमल तामङ्ग, महामन्त्रीहरु अजय लुइटेल, राजकुमार ढुंगाना, कोषाध्यक्ष बिनोद कुमार ताम्रकार  सहसचिवहरु भोजकुमार श्रेष्ठ, उज्जन बुढाथोकी, पार्टी प्रवक्ता प्रदिप बाँनीया लगायत जिल्ला कार्यसमितिका सदस्यहरुको उपस्थितिमा जागरण अभियान गरिएको नेपाली कांग्रेसले जानकारी दिएका छन् ।

प्रतिक्रिया