बैशाख
१५ । जिल्लाको चम्पादेवी गाउँपालिकाले समुन्नत ‘चम्पादेवी निर्माणमा जनसहभागिता अभियान’ भन्ने
मूल नाराका साथ महिनाको १ दिन जनश्रमदान गर्ने निर्णय गरेको छ । बैशाख १५ गते
बसेको कार्यपालिकाको बैठकले हरेक महिनाको ११ गतेका दिन जनप्रतिनिधी, कर्मचारी
र स्थानियबासी सहित श्रमदान गर्ने निर्णय गरेको हो । १० वटा वडा रहेको
गाउँपालिकामा प्रत्येक महिनाको ११ गतेका दिन सबै वडाहरुमा जनप्रतिनिधी, कर्मचारी
लगायत स्थानियबासीको उपस्थितिमा श्रमदान गरिनेछ । प्रत्येक वडाका वडाअध्यक्षहरुको अगुवाईमा वडामा विकासको
आवश्यक्ता पहिचान गरि श्रमदान गराउन सक्नेछ ।
पानीको मूल संरक्षण, सरसफाई, बाटो
निर्माण, खानेपानी निर्माण तथा व्यवस्थापन, वन
ब्यवस्थापन लगायत वडाले आवश्यक्ताका आधारमा छनौट गरि प्रत्येक वडामा जनप्रतिनिधी र
कर्मचारी सहितको जनसहभागितामा श्रमदान गरिने व्यवस्था गरिएको पालिका प्रमुख नवराज
केसीले जानकारी दिनुभयो । दिगो विकास गरि चम्पादेवी गाउँपालिकालाई ‘समुन्नत गाउँपालिका’ बनाउन पदाधिकारी सहित कर्मचारीको सहभागितामा श्रमदान
गर्ने व्यवस्था गरिएको प्रमुख केसीले बताउनु भयो ।
गाउँपालिकाको कार्यालयका कर्मचारीले पालिकाको कार्यालय भएको वडामा
श्रमदान गर्नेछन् । भने पालिका प्रमुख सबै वडामा पालैपालो सहभागी भई श्रमदानमा
सहभागी हुने प्रवक्ता एवं वडा नं. ९ का वडाअध्यक्ष सुजन
पौडेलले जानकारी दिनुभयो ।
बैशाख ११ गते बाट श्रमदान अभियान शुरु गसिकेको
भए पनि बैशाख १५ गते आधिकारीक रुपमा कार्यपालिकाको बैठले निर्णय पास गरेको हो
। बैशाख ११ गते पालिका प्रमुख नवराज केसी, निमित्त
प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाद सुवेदी लगायत जनप्रतिनिधी र कर्मचारीको
समुहले नवलपुर‐ ककनी सडक खण्डको मक्क खोलामा सोलिङ्ग गरेको
थियो ।