माघ १९। ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाका पालिका कमिटि अध्यक्ष ताेया काफ्ले सहित नेता तथा कार्यकर्ताहरू
नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएका छन् ।
नेकपा एमालेका नेता अम्बिरबाबु गुरुङले एमालेबाट विद्रोह गरी नेकपा बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार भएपछि
मोलुङ गाउँपालिकाका नेता तथा कार्यकर्ता नेकपामा सममायोजन भएका हुन् । सोमबार
रामपुरमा नेकपाका प्रतिनिधी सभा सदस्य उम्मेदवार अम्बिर बाबु गुरुङको प्रमुख
आतिथ्यमा पार्टी समायोजन तथा विस्तारीत बैठकको आयोजना गरिएको छ ।
नेकपा एमाले लेखा आयोगका जिल्ला अध्यक्ष मोहन ढकाल, मोलुङ
गाउँपालिका–१ का वडा अध्यक्ष कमल बहादुर बानियाँ, मोलुङ गाउँपालिका–६ का वडा अध्यक्ष कमल तामाङ, गाउँ कार्यपालिका सदस्य भक्तबहादुर सुनुवार र
धिरज नौभाज रहेका छन् । बानियाँ र तामाङ एमाले बाट जितेका वडा अध्यक्ष हुन् ।
त्यसैगरी नेकपा एमाले जिल्ला कमिटी सदस्य सन्जय खत्री र सुमन दाहाल लगायत नेता तथा
कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गरिएको जानकारी दिएका छन् ।