खरपाखामा आगो लगाउने दुईजना पक्राउ


 बैशाख २५ । ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं ११ स्थित खरपाखामा आगो लगाउने दुइ जनालाई पक्राउ गरिएको छ । नीजि खरपाखामा आगो लगाई क्षति पु¥याएको अभियोगमा वडा नं ११ बस्ने वर्ष २६ को महेश बि.क. र वर्ष २३ को सुजन बि.क.लाई पक्राउ गरिएको हो । अपराधीक गतिविधीमा संलग्न भई खरपाखामा आगो लगाई क्षति पु¥याएको भनी खरपाखाकी धनी मिनु माया गुरुङले दिएको उजुरीका आधारमा नीजहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पश्चात मंगलबार जिल्ला अदालत ओखलढुंगाबाट ४ दिनको म्याद थप गरि थप अुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सोमबार बेलुका ८ बजेको समयमा आगलागी भएको थियो । वडा नं ११ स्थित नगरपार्क क्षेत्रमा रहेको खरपाखामा आगो लगाई अभियुक्तहरु भागेका थिए । उक्त आगो स्थानिय बासी र प्रहरीको संलग्नतामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचनाअधिकारी एवं प्रहरी निरिक्षक बलिस्टार सिंहले बताउनु भयो ।

प्रतिक्रिया