नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरु अझै हिरासतमै रहने


 जेठ  । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु अझै हिरासतमै  रहने भएका छन् । शरणार्थी प्रकरणमा  विभिन्न मितिमा पक्राउ परेका १६ जना रहेका छन् ।  प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध लगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

 नक्कली भुटानी शरणार्थी प्रकरणमा केशव दुलाल, सानु भण्डारी लगायतका केहि व्यक्तिहरुलाई चैत १२ गते पक्राउ गरेको थियो । संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आगामी शुक्रबार ६० दिन पुग्ने बताएका छन्  ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धान सकेर यथासिघ्र प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने जानकारी दिनुभएको छ  ।

         

 

 

प्रतिक्रिया