राजकुमार कार्की
जेठ ७ । लैंगिक समानता तथा सामाजिक समाबेशीकरण नीति तयार पारी मानेभन्ज्याङ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । युएनएफपीएको आर्थीक सहयोग तथा जुरी नेपालको प्राविधीक सहयोगमा तयार पारिएको नीति पालिकालाई हस्तान्तरण गरिएको हो । बुधबार एक कार्यक्रमको अयोजना गरी युएनएफपीएकी कार्यक्रम संयोजक रेखा श्रेष्ठले मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष तथा लैंगिक हिँसा न्युनीकरण सन्जालका संयोजक आश्रचन राईलाई नीति तथा कार्ययोजना हस्तान्तरण गर्नु भएको थियो ।
मानेभन्ज्याङ
गाउँपालिकाका शाखहरुले तयार पारेको कार्ययोजनालाई युएनएफपीएको आर्थीक सहयोगमा जुरी
नेपालको प्राविधीक सहयोगमा तयार पारेको
थियो । तयार पारीएको नीति तथा कार्ययोजना कार्यपालिकाले पास गरी कार्यान्वयनमा
लैजानु पर्नेछ । तयार पारिएको नीति तथा कार्ययोजना जुरी नेपालकी प्रतिनिधी तनुजा
वस्नेतले प्रस्तुत गर्नुभएको थियो ।
लैंगिक हिँसा न्युनीकरण सन्जालको बैठक बसी नीति तथा कार्ययोजनाको विषयमा
छलफल भएको थियो ।
गाउँपालिकाको
उपाध्यक्षको संयोजकत्वमा महिला शाखा प्रमुख सदस्य सचिव रहने गरी १० सदस्यीय लैंगिक हिँसा न्युनीकरण सन्जाल गठन गरिएको छ ।
उक्त सन्जालको बैठक बसी विभिन्न ४ वटा महत्वपुर्ण निर्णय समेत गरिएको संयोजक
श्रेष्ठले जानकारी दिनुभयो ।